close

लैंगिक हिंसा न्यूनीकरणबारे अन्तर्क्रिया

लैंगिक हिंसा न्यूनीकरणबारे अन्तर्क्रिया

Trulli
ADVERTISEMENT

गुल्मी - लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन तथा ७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मुसिकोट नगरपालिका गुल्मीको आयोजनमा मानवअधिकार र लैंगिक हिंसा न्यूनीकरण विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।


‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ अभियानको समापनका दिन उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा महिलामैत्री कानुनी प्रावधानहरू, समाजमा हुने हिंसालगायतका विभेदपूर्ण व्यवहारको अन्त्यका लागि गरिने कार्यका विषयमा जानकारी गराइएको थियो । 


मुसिकोट नगरपालिका वडा नं. १ देखि ९ सम्मका विभिन्न संघसंस्थामा आवद्ध महिलाको उपस्थिति रहेको कार्यक्रममा मानवअधिकार र लैंगिक हिंसा न्यूनीकरणका बारेमा योजना अधिकृत मुना ज्ञवाली, मुसिकोट नगरपालिकाका कानुनी सल्लाहकार अनन्तलाल भण्डारी, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, मुसिकोट नगरपालिकाका उपप्रमुख कमला शर्माले जानकारी गराएका थिए ।