close

छोरालाई जागिर नदिएको भन्दै वडाध्यक्षले लगाए गाउँपालिकामा ताला

छोरालाई जागिर नदिएको भन्दै वडाध्यक्षले लगाए गाउँपालिकामा ताला

Trulli
ADVERTISEMENT

धनुषा- धनुषाको धनौजी गाउँपालिकामा एक वडाध्यक्षले आफ्नो छोरालाई जागिर नदिएको भन्दै पालिकाको कार्यालयमा ताला लगाइदिएका छन् ।


धनौजी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष राम दुलार मण्डलले आफ्नो छोरालाई गाउँपालिकामा जागिर नदिएको आक्रोशमा पालिका प्रमुखको कार्यकक्षमा नै ताला लगाइदिएका हुन् ।तालाबन्दी वारे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

 

धनौजी गाउँपालिकाका अध्यक्ष बद्रीसिँह, उपाध्यक्ष रामवति देवी मण्डल र प्रमुख प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रले सयुक्त विज्ञप्ति जारी गर्दै वडाध्यक्ष मण्डलले आफ्नो छोरालाई जसरी पनि जागिर दिन दवाव दिएको तथा नमानेपछि गाउँपालिकामा तालाबन्दी गरेको आरोप लगाइएका छन् ।

 

ताला लगाएपछि नियमित काम कारवाही प्रभावित भएको छ । सेवाग्राही मर्कामा परेका छन् । वडाध्यक्ष मण्डलले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्राविधिक सहायक पदमा निकालिएको विज्ञापन अनुसार छोरालाई जसरी पनि जागिर हुनुपर्ने अडान राखेको विज्ञप्तिमा उल्लेख छ ।


सोही वडामा रहेको सरस्वती प्राथमिक विद्यालयमा शिक्षाको दरबन्दी रिक्त नहुँदा हुँदै शिक्षक सरुवाको सहमति प्रदान गरिदिनसमेत वडा अध्यक्षले कार्यालय प्रमुखलगायत कर्मचारीहरुलाई विगत एक महिनादेखि  दिदै आएको बताइएको छ ।