close

भक्तपुरमा अब देखिने छैनन् गज्याङगुजुङ तार

भक्तपुरमा अब देखिने छैनन् गज्याङगुजुङ तार

Trulli
ADVERTISEMENT

भक्तपुर - भक्तपुर नगरका सडक बत्ती जडान गर्ने स्थानमा विभिन्न सेवा प्रदायकका तार (झुन्डिएका, लत्रिएका, बढी भएका, छरपस्ट र अव्यवस्थित केबल)लाई अब भूमिगत गरिने भएको छ । 


भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले विभिन्न सेवा प्रदायक संस्थाले राखेको अव्यवस्थित तारका कारण नगरको स्वरूपलाई कुरूप बनाइरहेकाले दीर्घकालीन योजना अगाडि बढाइने बताए । सम्बन्धित निकायबाट व्यवस्थित गर्न लगाउने उनले जानकारी दिए । 


उनका अनुसार भक्तपुरमा टेलिफोन, केबलका तार भूमिगत गर्ने गरी दीर्घकालीन योजना अगाडि बढाइने भएको हो ।

 

पुराना पोल स्थानान्तरण तथा तार र केबल व्यवस्थापन गर्ने विषयमा बसेको बैठकले तारलाई दीर्घकालीन रूपमा व्यवस्थित योजना सार्दै तार भूमिगत गर्ने निर्णय गरेको हो ।


भक्तपुर नगरपालिकाले विभिन्न ठाउँमा नयाँ पोल जडानका क्रममा कुनै पनि बाधा अवरोध नहोस् भनेर सम्बन्धित सरोकारवालासँग समन्वय गरी छलफल चलाउँदै आइरहेको छ ।


बढी भएका र काम नलागेका पोल हटाउने र आवश्यक स्थानमा सम्बन्धित निकायको निश्चित मापदण्डभित्र रही नयाँ पोल व्यवस्था गरी सडक बत्ती जडान गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।