close

आफ्नै भवनबाट सेवा प्रवाह गर्दै सियारी गाउँपालिका

आफ्नै भवनबाट सेवा प्रवाह गर्दै सियारी गाउँपालिका

Trulli
ADVERTISEMENT

रूपन्देही - रूपन्देहीको सियारी गाउँपालिकाले नयाँ भवनबाट कार्यसम्पादन गर्ने भएको छ । वडा नं.- ३ को हर्नैयामा आफ्नै भवन निर्माण सम्पन्न गरी सेवाग्रहीलाई आइतबारदेखि नयाँ भवनबाट सेवा दिन लागिएको गाउँपालिकाले जनाएको छ । 


गाउँपालिकाले सविक हर्नैया गाविस, विद्यालय र स्वास्थ्य चौकीको भवन प्रयोग गरी हालसम्म सेवा दिइरहेको थियो । गाउँपालिकाको भवन पुरानो, सानो र एकै ठाउँ गाउँपालिकाको शाखा नरहेकाले सेवाग्राहीलाई सेवा दिन गाह्रो भइरहेको छ ।
 

नयाँ भवनबाट सेवा दिन थालेपछि सेवाग्राहीलाई सहज हुने गाउँपालिका अध्यक्ष अयोध्या थारूले बताए । गाउँपालिकामा विकास निर्माणका कार्य तीब्र गतिमा भइरहेकाले समृद्ध गाउँपालिका बन्नेमा ढुक्क हुन उनले सबैलाई आग्रह गरे । 


चुनावमा गरेको प्रतिवद्धताअनुसार जनप्रतिनिधिहरूले काम गरिरहेको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताइन् । राम्रो काममा सबैको सहयोग हुनुपर्ने गुरुडकोे भनाइ छ ।


पाँच करोड ८५ लाख ८६ हजार ३०६ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले बताए । भवनको वैदिक परम्पराअनुसार पूजा गरी प्रवेश गरिएको छ । 


पूजा सम्पन्न गरिएपछि आइतबारदेखि गाउँपालिकाको सेवा नयाँ भवनबाट दिइनेछ । गाउँपालिका भवनको पर्खाल निर्माण गरिसकेपछि एक कार्यक्रमको आयोजना गरी भवनको उद्घाटन गरिने गाउँपालिकाले जनाएको छ ।