close

मेयर मिश्रको छलाङ : अस्पताल उद्धघाटनसँगै पहिलो रेकर्ड बनाउँदै चाँगुनारायण  

मेयर मिश्रको छलाङ : अस्पताल उद्धघाटनसँगै पहिलो रेकर्ड बनाउँदै चाँगुनारायण  

Trulli
ADVERTISEMENT

भक्तपुर - चाँगुनारायण नगरपालिकाका स्थानीय बासिन्दाले अब आफ्नै नगरभित्र अस्पतालको सेवा पाउने भएका छन् । नगरपालिकाले नगर अस्पतालको उद्धघाटन गरेसँगै स्थानीयले स्वास्थ्य सेवा नगरभित्रै पाउने भएका हुन् । 

मुलुकको सबै स्थानीय तहले आफ्नो क्षमताअनुसारको अस्पताल सञ्चालन गर्नुपर्ने नीतिलाई अवलम्बन गर्दै नगरपालिकाले आज एक समारोहमा नगर अस्पतालको उद्धघाटन गरेको हो । उक्त नीतिलाई अवलम्बन गरी नगर अस्पताल उद्धघाटन गर्ने स्थानीय तहमध्ये चाँगुनारायण नगरपालिका पहिलो पालिका बनेको छ । 

१७ शैयाको क्षमता रहेको उक्त अस्पताल वडा नंं ४ स्थित हिचुढुंगामा रहेको छ । नगरप्रमुख सोमप्रसादको मिश्रका अनुसार अस्पतालको उद्धघाटन गरेतापनि सेवा सञ्चालन भने पुस १५ गतेबाट हुनेछ । ‘अस्पताल नगरको ९ वटै वडालाई केन्द्रमा पर्ने गरी सञ्चालन गरिएको छ’ मेयर मिश्रले भने ।  

अस्पतालको उद्घाटन सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले गरेका हुन् । नाक, कान, घाटी, ओपिडी सेवा, प्रसुती सेवा, एक्स–रे, आँखाको उपचारसँगै २४ घण्टे इमर्जेन्सी सेवासहितको व्यवस्था गरिएको मेयर मिश्रले बताए । 

३७ बर्षे इतिहास 
बि.सं. २०४० सालमा स्वास्थ्य चौकीका रुपमा स्थापित सो अस्पताल २०५८ सालमा प्राथमिक स्वास्थ्य केन्द्र बनाइएको थियो । त्यसको एक दशकपछि लोहनी ब्रदर्श र लालीगुँरास जेभीसँग ३ करोड ८७ लाख रुपैयाँ ठेक्का सम्झौता भई ९ वर्षअघि भवन निर्माण थालिए पनि अस्पतालले मुद्दामामिला झेलेको थियो । मेयर सोमप्रसाद मिश्रको नियमित ‘फलोअप’कै कारण करिब ५ रोपनी क्षेत्रफलमा ३ वटा ब्लक सहितको अस्पताल भवन अहिले तयार भएको हो ।