close

स्थानीय तहमा कर्मचारी अभावका कारण स्थानीयले कस्ता समस्या झेल्नुपरेको छ ?(भिडियाे खबर)

स्थानीय तहमा कर्मचारी अभावका कारण स्थानीयले कस्ता समस्या झेल्नुपरेको छ ?(भिडियाे खबर)

ADVERTISEMENT

गाउँगाउँमा सिंहदरबार आयो भनेर के गर्नु, सानोतिनो काम लिएर स्थानीय सरकारको ढोका ढक्ढक्याउँदा पनि भनेको समयमा काम नै हुँदैन । 

 

कहिले यो छैन, कहिले त्यो छैन त कहिले अर्को हकिमसा’ब आउँदै हुनुहुन्छ, एक सातापछि आउनू भनेर कार्यालयको गेटैबाट फर्काइएको अनुभव हामी धेरैसँग छ ।

 

स्थानीय तहले पूर्णता पाए पनि त्यहाँका हरेक शाखाका कुर्सीले भने अझै पनि पूर्णता पाउन सकेका छैनन् ।

 

संघीय सरकारको बेवास्ता तथा जनप्रतिनिधि र कर्मचारीको मनमुटावको चेपुवामा अहिले सेवाग्रहीहरू परेका छन् भन्दा फरक नपर्ला । 

 

आमजनताको सहजताका लागि ल्याइएको संघीयताले गाउँगाउँमा सिंहदरबारको अनुभूति कहिले दिलाउला ? त्यसैको पर्खाइमा छन् आमजनता । 

 


यसै सेरोफेरोमा रहेर पालिका खबरले पनि स्थानीय तहमा कर्मचारी अभावका कारण कस्ता समस्या झेल्नुपरेको छ ? भनेर पाल्पा र बैतडीका बासिन्दामार्फत बुझ्ने प्रयास गरेको छ ।

 

के भन्छन् त स्थानीय ?