close

दिनभरका २० खबरः मुख्यमन्त्री कार्यक्रममा भ्रष्टाचारको गन्ध, पालिका भए फेरि बन्द (भिडियाे खबर)

दिनभरका २० खबरः मुख्यमन्त्री कार्यक्रममा भ्रष्टाचारको गन्ध, पालिका भए फेरि बन्द (भिडियाे खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१) काठमाडौं महानगरपालिकाले विविध कार्यक्रम गरी २६औँ महानगर दिवस मनायो, दिवसकै अवसर पारेर महानगरवासीको अभिमत लिन ‘अभिमत संकलन बुथ’ संचालनमा ।

 

२) कोरोनाको जोखिम कायमै रहेको भन्दै बैतडीको डिलासैनी गाउँपालिकामा ५ पुससम्म लकडाउन थप गर्ने पालिकाको निर्णय, गाउँपालिकामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द । ३) सुनसरीको कोसी गाँउपालिका- ६ सुकुम्बासी टोल बस्ने ३२ वर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आतंक बढेपछि स्थानीय चिन्तित ।

 

४) मोरङको मिक्लाजुङ गाउँपालिकामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना, सुरक्षाकर्मी बस्ने भवन मिक्लाजुङ गाउँपालिकाले निर्माण गर्यो‍ ।

 

५) जिल्ला अस्पताल सिरहामा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन जडान, प्रदेश २ सरकारको आर्थिक सहयोगमा जडान गरिएको मेसिनको सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरे उद्घाटन ।

 

६) काठमाडौंको चन्द्रागिरि नगरपालिका- २ मा ना२क ३२३ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, मिनी ट्रक प्रहरीको नियन्त्रणमा ।

 

७) खोटाङको साकेला गाउँपालिकाका ज्येष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क यातायात, गाउँपालिका र खोटाङ यातायात प्रालिबीच सम्झौता ।

 

८) रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले विद्यालयमा गयल हुने ६९ जना शिक्षकको साढे दुई लाख रुपैयाँभन्दा बढी तलब काट्यो, एक दिनदेखि बढीमा ४५ दिनसम्म विद्यालयमा हाजिर नहुने शिक्षक कारवाहीमा ।

 

९) कृषियोग्य जमिन आवास क्षेत्रमा परिणत हुँदै गएपछि काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले रुद्रेश्वरलाई आवासीय क्षेत्र घोषणा गर्‍यो, आवास निर्माणका लागि विभिन्न मापदण्ड लागू ।

 

१०) चाँगुनारायण नगरपालिकाका स्थानीयले अब आफ्नै नगरभित्र अस्पतालको सेवा पाउने, नगर अस्पतालको उद्घाटन ।

 

११) गुल्मीको इश्मा गाउँपालिकामा ५० लाख रुपैयाँको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा अनियमितता भएको भन्दै छानविन समिति गठन, समितिले काम थाल्यो ।

 

१२) पोखरीमा माछा मार्ने विषयमा स्थानीयमा विवाद हुँदा सप्तरीको बोदेबर्साइन नगरपालिका- ३ की ४५ वर्षीया गङ्गियादेवी मण्डल मृत्यु, प्रहरीले सुरु गर्‍यो अनुसन्धान ।

 

१३) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोनाका बिरामीको संख्या बढ्न थालेपछि वडा नम्बर- ५ को कार्यालय एक साताका लागि सिल, सेवा प्रभावित ।

 

१४) खोटाङ र उदयपुर जोड्ने सुनकोसीको फोक्सिङ्टारमा अस्थायी बेली ब्रिज संचालनमा, आवतजावतमा सहज ।

 

१५) दोलखाको तामाकोसी गाउँपालिकामा कोभिड- १९ अस्थायी अस्पताल स्थापना, अब संक्रमितले उपचारका लागि बाहिर जानु नपर्ने ।

 

१६) कर्मचारी हाजिर गराउन नमान्ने ३५ वटा पालिकाको झण्डै २ करोड रुपैयाँ अनुदान कट्टा, हाजिर गर्न नपाएका कर्मचारीको तलब भत्ता अहिलेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदान गर्ने ।

 

१७) मकवानपुरको हेटौँडामा एक करोड रुपैयाँको लागतमा उर्गेन छिरिङ नामक गुम्बा निर्माण गरिने, गुम्बाको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले गरे शिलान्यास ।

 

१८) उदयपुरको लिमचुङ्बुङ गाउँपालिकाले रमितेचुङ डाँडामा संचालनमा ल्यायो कृषि उपज बजार, अब गाउँको उत्पादन बजारमा बिक्री गर्न सिकने ।

 

१९) बागमती प्रदेशका ६७ वटा गाउँपालिकामा प्रदेश प्रहरी कार्यालय हेटौँडाले गुनासो तथा सुझाव संकलनका लागि उजुरी पेटिका राख्यो, प्रहरीविरुद्ध उजुरी गर्न सकिने ।

 

२०) काठमाडौंको शान्तिनगरमा रहेको सुकुम्बासी वस्तीमा आगलागी, वस्तीमा रहेको एउटा घरका आठवटा कोठा जलेर नष्ट ।