close

समपुरक र विशेष अनुदानका योजना पठाउन स्थानीय तहलाई पत्राचार

समपुरक र विशेष अनुदानका योजना पठाउन स्थानीय तहलाई पत्राचार

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रिय योजना आयोगले संघीय समपुरक र विशेष अनुदानबाट संचालन हुने आयोजनाको प्रस्ताव पेश गर्न प्रदेश र स्थानीय तहलाई पत्राचार गरेको छ । 

 

आयोगले आगामी पुस मसान्तभित्र प्रदेशको हकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र पालिकाको हकमा सम्बन्धित पालिकामार्फत प्रस्ताव पठाउन भनेको हो । 

 

आज सूचना जारी गर्दै आयोगले आयोजना प्रस्तावसम्बन्धि सर्तको अधिनमा रहेर यस्तो आयोजनाको प्रस्ताव पेश गर्न भनेको हो । 

 

आयोगले आर्थिक वर्ष २०७८/०८९ मा संचालन गरिने आयोजनाको विवरण मागेको हो । अव प्रदेश र स्थानीय तहले यी दुई अनुदानबाट संचालन हुने आयोजनाको विवरण पेश गरेपछि आयोगले योजना छनौटगरेपछि प्रकृया अघि वढ्ने छ । 

 

संघीय सरकारले न्यून साक्षरता भएका क्षेत्रको शैक्षिक विकास, वाल र मार्त मृत्युदर वढी भएका क्षेत्रमा यसको नियन्त्रण  र रोकथाम, दुर्गम र पछाडिपरेका क्षेत्रका लागि खानेपानी आयोजनालगायतमा विशेष अनुदान दिने गरेको छ ।