close

बिरामी जाँच्न थाले गाउँका कोरोना अस्पताल 

बिरामी जाँच्न थाले गाउँका कोरोना अस्पताल 

Trulli
ADVERTISEMENT

गुल्मी- सरकारले दिएको १० लाख रुपैयाँबाट स्थानीय तहहरुले अस्थायी कोरोना अस्पताल बनाएर धमाधम सेवा दिन थालेका छन् । 


केही पालिकामा जग्गा र स्थान विवादका कारण अस्पतालको शिलान्यास नै हुन नसकिरहेका बेला गुल्मीको मालिका गाउँपालिकाले भने अस्पताल बनाएर सेवा दिन थालेको छ । 

 

गाउँपालिकाले ५ शय्याको कोभिड अस्थाई अस्पताल संचालनमा ल्याएको छ । मालिका गाउँपालिका वडा नम्बर ६ अर्जेमा अस्पताल तयार भएको छ । 


आफ्ना गाउँपालिकाका कोरोना सङ्क्रमितको उपचार सहज 


रुपमा गर्ने उदेश्यले अस्पताल निर्माण गरिएको गाउँपालिका प्रमुख रित बहादुर थापाले जानकारी दिए । अस्पतालमा एक जना डाक्टर, दुई जना नर्स र कार्यालय सहयोगीको व्यवस्था गरिएको छ ।


अस्पतालमा डाक्टर विकास पन्थीसहित स्वास्थ्यकर्मीको टोलीले काम थालिसकेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए । उनले अक्सिजनसहित कोरोना संक्रमितको उपचारमा आवश्यक औषधि र उपकरणको व्यवस्था गराइएको बताए । 


अस्पतालबाट महामारी अवधिभर सेवा प्रवाह गरिने गाउँपालिकाले जनाएको छ । अहिले कोरोनाका बिरामीहरु अस्पतालमा नभएका कारण डाक्टर विकास पन्थीले अर्जे स्वास्थ्यचौकीबाट स्थानीय अन्य बिरामीहरुको उपचार गरिरहेका छन् । पन्थीले दैनिक ५०/६० जनाको उपचार  गरिरहेका छन् ।