close

जागिर नदिएको झोंकमा वडाध्यक्षले ताला लगाएपछि के भन्छन् पालिका अध्यक्ष ? (भिडियो खबर)

जागिर नदिएको झोंकमा वडाध्यक्षले ताला लगाएपछि के भन्छन् पालिका अध्यक्ष ? (भिडियो खबर)

ADVERTISEMENT

धनौजी गाउँपालिका- ३ का वडा अध्यक्ष रामदुलार मण्डलले आफ्नो छोरालाई गाउँपालिकामा जागिर नदिएको आक्रोशमा पालिका अध्यक्षको कार्यकक्षमा नै ताला लगाइदिए । तालाबन्दीबारे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

 

धनौजी गाउँपालिकाका अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवतीदेवी मण्डल र प्रमुख प्रशासकीय अधिकृत कन्हैयाकुमार मिश्रले संयुक्त विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष मण्डलले आफ्नो छोरालाई जसरी पनि जागिर दिन दबाब दिएको र अध्यक्षले नमानेपछि गाउँपालिकामा तालाबन्दी गरेको आरोप लगाएका छन् ।

 

ताला लगाएपछि पालिकाको नियमित काम कारवाही प्रभावित भएको छ । सेवाग्राही मर्कामा परेका छन् । समस्या समाधानका निमित्त गाउँपालिकामा सर्वदलीय बैठकसमेत डाकिएको छ । तर, समस्या भने समाधान हुन सकेको छैन ।

 

 किन हुन सकेन विवादकाे समाधान ? के भन्छन् गाउँपालिका अध्यक्षा  ? हेराैँ भिडियाे खबर