close

मेयर चम्किएपछिः जनकपुरका सडक चिटिक्क, टोखामा बत्ती झिलिक्क (भिडियाे खबर)

मेयर चम्किएपछिः जनकपुरका सडक चिटिक्क, टोखामा बत्ती झिलिक्क (भिडियाे खबर)

Trulli
ADVERTISEMENT

आज वुधवार । पालिकामा के भए ? कसले के काम गरे? दिनभरका २० खबर 

१) गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा ग१ख ९४४६ नम्बरको बस दुर्घटना हुँदा १५ जनाभन्दा बढी घाइते,  दुर्घटनापछि बस चालक फरार ।


२) भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित कुखुरा फार्ममा आगलागी, २७ सय कुखुरा जलेर नष्ट, १५ लाखको क्षति ।


३) नदीजन्य वस्तु उत्खनन् खुलाउन स्थानीय तहको माग, गृह मन्त्रालयले उत्खनन्, संकलन, बिक्री वितरणमा रोक लगाउन मातहतका निकायमा गरेको परिपत्रले स्थानीय तहको आयस्रोतमा असर ।

 

४) भुक्तानीको ग्यारेन्टी नभएसम्म सरकारले बोलाएको वार्तामा उखु किसान नजाने, काठमाडौँको माइतीघर मण्डलामा आन्दोलन जारी ।

 

५) धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह आफैँ निस्किए बजार सरसफाइमा, मुख्य बजार सरसफाइ गरेपछि देखियो चिटिक्क ।

 

६ ) कोरोनाका कारण ९ महिनादेखि बन्द रहेका म्याग्दीका पर्यटकीय क्षेत्रका होटल र धार्मिक स्थल खुला, बजार क्षेत्रमा बढ्यो चहलपहल

 

७) खोटाङ खोटेहाङ–६ सिम्पानीमा ट्याक्टर दुर्घटना हुँदा उदयपुर लिम्चुङबुङ–४ बल्मताका १८ वर्षीय किरण राईको मृत्यु, ट्याक्टर प्रहरीको नियन्त्रणमा ।

 

८) ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाले कोभिड अस्पताल र आँखा उपचार केन्द्र सञ्चालनमा ल्यायो, अब स्थानीयले उपचारका लागि बाहिर जानु नपर्ने ।

 

९) काठमाडौंको टोखा नगरपालिकाले ‘मेयर उज्यालो कार्यक्रम’ सञ्चालन गर्ने, नगरपालिकाभित्रका मुख्य सडकमा सडकबत्ती जडान गरिने ।

 

१०) कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ को वडा कार्यालय भवन वडाध्यक्ष लालबहादुर शाहीसँगको समन्वयबिनै निर्माण सुरु, जनप्रतिनिधिबीच विवाद बढ्यो ।

 

११) काभ्रेको नमोबुद्ध नगरपालिकामा ई–पेमेन्ट सेवा सुरु, अब सेवाग्राहीले घरमै बसेर राजस्व बुझाउन सक्ने ।

 


१२) धनुषाको शहिदनगर नगरपालिकाका ९ वटै वडाका सचिवलाई ३ महिने कम्प्यूटर तालिम, अब पालिकाले दिने सेवा अझ छिटोछरितो हुने ।

 

१३) उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङटारमा सञ्चालनमा रहेको क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा तीन जना पक्राउ, प्रहरीले सुरु गर्‍यो अनुसन्धान ।

 

१४) भूमिहीनको लगत संकलन गर्न कर्णाली प्रदेशका १५ पालिकासँग भूमिसम्बन्धी समस्या समाधान आयोगले ग¥यो सम्झौता, अब पालिकाहरूले नै सुकुम्बासीको पहिचान, लगत संकलन र प्रमाणीकरणको काम गर्ने  ।

 

१५) ३१ लाख मूल्य बराबरको अवैध औषधीसहित चितवनबाट ८ जना पक्राउ, पक्राउ परेकाहरूमाथि प्रहरीले सुरु गर्‍यो अनुसन्धान ।

 

१६) हुम्लाको खार्पुनाथ गाउँपालिकाद्वारा प्रहरीलाई सोलारका सामग्री सहयोग, सोलार पाउँदा प्रहरी दंग ।  

 

१७) ताप्लेजुङको मैवाखोला गाउँपालिकाले गाउँलेलाई रोजगारीको पहिलो प्राथमिकता दिइने नीति सार्वजनिक ग¥यो, गाउँलले पाउने भएर रोजगारी ।

 

१८) महोत्तरीको बर्दिबास नगरपालिकाले कृषिजन्य सामग्री अभाव भोगिरहेका कृषकहरूलाई लक्षित गरी वडा–वडामा कृषि सहकारी स्थापना गर्ने, कृषक हुने भए लाभान्वित ।

 

१९) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, अब आफ्नै भवनबाट सेवा ।

 

२०) र हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुला ।