close

देवदह- ६ को वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्र शिलान्यास

देवदह- ६ को वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्र शिलान्यास

Trulli
ADVERTISEMENT

रूपन्देही- विकास निर्माणका कार्यहरूमा स्थानीयले निरन्तर खबदारी गर्नुपर्ने देवदह नगरप्रमुख हीराबहादुर खत्रीले बताएका छन्  । वडा नं.- ६ को वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्रको एक कार्यक्रमका बीच देवदह नगरप्रमुख खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङले संयुक्त रूपमा शिलान्यास गर्दै उक्त कुरा बताएका हुन् ।


वडा नं.- ६ का वडा अध्यक्ष दामोदर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमकमा नगरप्रमुख खत्रीले स्थानीयको सहभागिताविना विकास निर्माणले गति लिन नसक्ने भन्दै अनियमितता हुन नदिन स्थानीय चनाखो हुन आग्रह गरे । देवदह नगर क्षेत्रमा भएका विकास निर्माणका कार्यहरू तत्कालीन समयमा निर्माण भएको राजनीतिक संयन्त्रले छुट्याएको जग्गामा भएको उल्लेख गर्दै नगरप्रमुख खत्रीले सार्वजनिक जग्गा अतिक्रमण रोक्नुपर्ने बताए ।


नगरप्रमुख खत्रीले स्थानीय सरकारको निर्माण भएपछि सार्वजनिक जग्गा संरक्षणमा लागिपरेको समेत बताए । स्वास्थ्य चौकी निर्माणको नर्थ साउथ इञ्जिनियरिङ सर्भिस प्रा.लि.सँग ३५ लाख ९० हजार ९६२ रुपैयाँमा ठेक्का सम्झौता भएको छ भने वडा कार्यालय भवनको कोरोल निर्माण प्रा.लि. नवलपरासीले ८१ लाख ७० हजार ९४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।


यसै गरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा- ४ को वडा कार्यालय आफ्नै भवनमा संचालन हुने भएको छ । नगरपालिकाको ३५ लाख रुपैयाँको लागतमा छ कोठे भवन निर्माण गरिएको हो । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नवनिर्मित दुई तल्ले भवनको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीको उद्घाटन गरे ।

 

सो अवसरमा बोल्दै नगरप्रमुख हरिप्रसाद अधिकारीले नगरपालिकाभित्र सार्वजनिक जग्गाको अभाव रहेको बताए । उनले नगरको विकासका लागि नगरवासीको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले वडा कार्यालय वडावासीको सम्पत्ति भएको बताइन् ।


सिद्धार्थनगर नगरपालिका वडा नं.- ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला)ले आफूले संकल्प लिएका कुराहरू विस्तारै पूरा हुँदै गएको बताए । सिद्धार्थनगर वडा- ६ का अध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तव, वडा- ९ का अध्यक्ष शेषकान्त भण्डारीलगायतले बोल्दै आफ्नै वडा भवनबाट नागरिकले सेवा पाउनु सराहनीय रहेको बताए ।


वडा कार्यालय भवनको १२ चैत २०७६ वडा अध्यक्ष मुक्तिनाथ यादव (भोला)ले शिलान्यास गरेका थिए ।