close

१२ घण्टाका २० खबरः प्रहरीले खोस्यो प्याज, यी नागरिकलाई लाग्दैन ब्याज (भिडियोसहित)

१२ घण्टाका २० खबरः प्रहरीले खोस्यो प्याज, यी नागरिकलाई लाग्दैन ब्याज (भिडियोसहित)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१) बैतडीको दोगडाकेदार गाउँपालिकाको घोडेधारमा ट्र्याक्टर दुर्घटना हुँदा चालक नरेशबहादुर विष्टको घटनास्थलमै मृत्यु, ट्र्याक्टर प्रहरीको नियन्त्रणमा ।


२) गोरखाको आरुघाट गाउँपालिकाको वडा नं.- ४ र ५ जोड्ने आर्खेत खोलामा मोटरेबल पुल निर्माण हुुने, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले गरे पुलको शिलान्यास ।


३) रौतहटको फतुवा विजयपुर नगरपालिकाले आफ्ना नगरवासीले उपभोग गरेको बिजुलीको महसुल तिरिदियो, गत असोजदेखि नगरभरिकै सबैको विद्युत् महसुल तिरिदिने नीतिगत निर्णय ।

 

४) विराटनगर महानगरपालिकाले २१ मंसिरको बैठकबाट सुरक्षा मापदण्ड अपनाएर विद्यालय खोल्न अनुमति दिएसँगै महानगर क्षेत्रका विद्यालय खुले, पहिलो दिनै विद्यार्थीको उत्साहजनक सहभागिता ।


५) चुरे तथा वन, जंगल संरक्षणमा प्रदेश २ सरकारले चासो नदेखाएको भन्दै विभिन्न माग राख्दै चुरे तथा वन जंगल संरक्षण अभियानले जनकपुरमा संघर्षका कार्यक्रमको घोषणा ग¥यो, पाँच बुँदे माग राख्दै आन्दोलन गर्ने तयारी।


६) ललितपुरको महालक्ष्मी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, अब नगरवासीले सहुलियतपूर्ण कर्जा पाउने ।


७) खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कृषि र पशु विकास प्राविधिक नियुक्त गर्‍यो, अब स्थानीयको कृषि उत्पादन बढ्ने ।
    

८) बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढ्यो, उद्यमशीलता र रोजगारी सिर्जना गर्न औद्योगिक ग्राम ।


९) पर्साको वीरगन्ज महानगरपालिका- ६ मीना बजारमा भण्डारण गरी राखेको ठूलो परिणामको प्याज प्रहरीले बरामद गर्‍यो, बरामद गरेको प्याज थप कार्वाहीका लागि प्रहरीले वीरगन्ज भन्सार कार्यालयमा बुझायो ।


१०) बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका गन्धर्वलाई गरियो बसोवासको व्यवस्था, नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले गर्‍यो घर निर्माण ।


११) पोखराको फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक स्थल बाराही मन्दिर पुनः खुला, मन्दिर प्रवेशका लागि भौतिक दूरी कायम गर्दै एउटा मात्र बाटो प्रयोग गर्नुपर्ने।

 

१२) चितवनको माडी नगरपालिकामा अयोध्याधाम निर्माण गर्न गुरुयोजनासहितको विस्तृत परियोजना प्रतिवेदन तयार पार्‍यो, अब काम अघि बढ्ने ।


१३) मोरङको बेलबारी- ९ माझी गाउँमा नारायण आचार्यले संचालन गरेको कुखुरा फार्ममा आगलागी, ९०० चल्ला जलेर नष्ट ।


१४) पर्वतको फलेवास नगरपालिका- २ को वडा कार्यालय भवन  निर्माण हुने, नगरप्रमुख पदमपाणी शर्माले गरे भवनको शिलान्यास ।


१५) सोलुखुम्बूको सोलुदूधकुण्ड नगरपालिकाको फुलेलीमा बल्ल पुग्यो गाडी, नगरवासी उत्साहित ।


१६) गुल्मीको मुसिकोट नगरपालिकाको अयोजनामा ग्रामीण उद्यमसम्बन्धी तीन दिने तालिम सम्पन्न, २० उत्कृष्ट उद्यमीलाई नगरले गर्‍यो सम्मान ।


१७) सुशासन नभएको बन्दै कञ्चनपुरको बेलौरी नगरपालिकाले नेपाली कांग्रेसले लगायो ताला, कामकाज प्रभावित ।


१८) चितवनको इच्छाकामना गाउँपालिकामा इच्छाकामना अस्पताल निर्माण हुने, अब पालिकावासीले पाउने भए घर नजिकै स्वास्थ्य सेवा ।


१९) कोरोनाका कारण लामो समयदेखि बन्द रहेका काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने, विद्यार्थीको पठनपाठन प्रभावित ।


२०) समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उदयपुरको कटारी नगरपालिकाले दियो इलाका प्रहरी कार्यालयका थुनुवाका लागि एक थान टीभी।