close

जनकपुरमा माछा, मासु, मदिरा बिक्री वितरणमा रोक 

जनकपुरमा माछा, मासु, मदिरा बिक्री वितरणमा रोक 

Trulli
ADVERTISEMENT

धनुषा- सीताराम विवाह महोत्सवको अवसर पारेर स्थानीय प्रसाशनले जनकपुरधाम उपमहानगर र परिक्रमा क्षेत्र आसपासमा मदिरा र मासुजन्य खाद्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

 

जिल्ला प्रसाशन कार्यालय धनुषाले एक विज्ञप्ति जारी गर्दै ३ पुस बिहानदेखि लागू हुने गरी ५ पुस राती १२ बजेसम्मका लागि माछा, मासु, मदिरालगायतको बिक्री वितरण र बेच बिखन गर्नसमेत नपाउने गरी रोक लगाएको छ । 


जनकपुर प्रवेश गर्ने मुख्य द्वार, सीमा नाका एवं जनकपुरधामस्थित परिक्रमा मार्ग र सोको आसपासभित्र माछा, मासु तथा मदिरा बिक्री वितरण, सेवन र कारोबार गर्न गराउन न पाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम आदेश जारी गारिएको सूचना प्रकाशन गरेको छ ।