close

महामहोत्सवको चौथो दिन तिलकोत्सव सम्पन्न, आज गंगा सागर पोखरीमा मटकोर

महामहोत्सवको चौथो दिन तिलकोत्सव सम्पन्न, आज गंगा सागर पोखरीमा मटकोर

Trulli
ADVERTISEMENT

धनुषा- प्राचीन मिथिलाको राजधानी जनकपुरधाम यतिबेला सीताराम विवाह महोत्सवको रङमा रंगिएको छ । सप्ताहव्यापी विवाह पंचमी महोत्सवअन्तर्गत बहीबार तिलकोत्सव विधि सम्पन्न भएको छ ।

 

त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाह पंचमी महोत्सवअन्तर्गत बिहीबार सम्धी मिलन गरिएको हो । रामचोक स्थित राम मन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट पाहुर ९भार० लिएर सीताको पिताको भूमिका निर्वाह गर्दै महन्थ रामतपेश्वर दास वैष्णव पुगेका थिए ।

 

प्रत्येक वर्ष विवाह पंचमी महोत्सवअन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गर्दै सम्धी मिलन गरेका थिए । 


जानकी मन्दिरबाट फलफूल, मिष्ठान्न परिकारलगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरू राम मन्दिरको प्राङ्गणमा पुगी तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए । कोरोना महामारीका कारण यस पटक अधिकांश विधि जानकी मन्दिरमा रामलीलाका लागि बनाइएको पण्डालमा गरिए पनि तिलकोत्सव भने प्रत्येक वर्षझैँ यस वर्ष पनि राम मन्दिरमा गरिएको छ ।

 

तिलकोत्सवमा दुलही पक्षको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गरेका थिए ।

 

विवाह पंचमीको पाँचौँ दिन आज शुक्रबार मटकोर विधि हुनेछ । मटकोर विधि गंगा सागर पोखरीमा हुनेछ भने शनिबार विवाह पंचमीको मुख्य दिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ। आइतबार रामकलेवा गरेसँगै यस वर्षको विवाह पंचमी विधिवत रूपमा सम्पन्न हुनेछ ।