close

१२ घण्टाका २० खबरः चिसोले लग्यो ज्यान, चाँगुनारायणमा कोदोको छ्याङ (भिडियो खबर)

१२ घण्टाका २० खबरः चिसोले लग्यो ज्यान, चाँगुनारायणमा कोदोको छ्याङ (भिडियो खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१) उदयपुरको त्रियुगा नगरपालिकामा १३ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ, प्रहरीले सुरु गर्यो‍ अनुसन्धान ।

 

२) रौतहटको दुर्गाभगवती गाउँपालिका- ५ झाँजपुलबाट कटुवा पेस्तोलसहित यमुनामाई गाउँपालिका- ४ का दिलीप साह पक्राउ, साहको साथबाट कटुवामा लाग्ने एक राउण्ड गोली पनि बरामद ।

 

३) कारोना संक्रमण बढेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्र एक साताका लागि बन्द, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीसहित स्थानीय बासिन्दामा कोरोनाको संक्रमण ।

 

४) सर्लाहीको ईश्वरपुर नगरपालिका- १२ र लालबन्दी नगरपालिका- ६ बाट लागुऔषध गाँजासहित तीन जना पक्राउ, पक्राउ परेकाहरूमाथि अनुसन्धान सुरु।

 

५) विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा सप्तरीको राजविराज नगरपालिका- १६ बोरियाका ८५ वर्षीय झलाही यादवको मृत्यु, आगलागीबाट एक लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।

 

६) कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका भूमिहीन सुकुम्बासीलाई जग्गा हस्तान्तरण गरिने, उपमहानगरपालिका र भूमिसम्बन्धी समस्या समाधान आयोगबीच सम्झौता ।

 

७) भक्तपुरको चाँगुनारायण नगरपालिकाले कोदो, फापर प्रवर्द्धन कार्यक्रम संचालन गर्ने, कृषि क्षेत्रको विकासका लागि नगरले कार्यक्रम सुरु गर्न लागेपछि कृषक उत्साहित ।

 

८) रौतहटको मौलापुर नगरपालिकाका विद्यालयमा शिक्षक अभाव, केन्द्रले दरबन्दीअनुसारका शिक्षक नपठाउँदा विद्यालय संचालनमै समस्या भएपछि नगरपालिकाकै खर्चमा २५ शिक्षक नियुक्त ।

 

९) रुकुम पश्चिमका छवटा स्थानीय तहमा १४ हजार २६६ बेरोजगार सूचीकृत, अब स्थानीय सरकारले रोजगारी दिने ।

 

१०) खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका सबै माध्यमिक विद्यालयमा स्थायी शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्ने नगरको निर्णय, निर्णयले प्रावि र आधारभूत तहका शिक्षक मारमा ।

 

११) काठमाडौं दरबारमार्गको लाउन्ज बारबाट आठ जना जुवाडे पक्राउ, प्रक्राउ परेकाहरूलाई जुवा ऐनअनुसार कारबाही गरिने ।

 

१२) बाजुराको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर ३७ वर्षीय लालबहादुर विकको मृत्यु, चिसो बढेपछि तराई र हिमाली जिल्लाको जनजीवन प्रभावित ।

 

१३) टोखा नगरपालिकाका कोरोना संक्रमितले सन्तुलित भोजनका लागि पोषण भत्ता पाउने, अहिलेसम्म नगरले खर्च गर्‍यो ४२ लाख ।

 

१४) रूपन्देहीको सियारी गाउँपालिकाद्वारा गाउँ ब्लकमा रहेका स्थानीयलाई नापी विभाग रूपन्देहीको सहकार्यमा लालपुर्जा वितरण, लालपुर्जा पाएपछि सियारीवासी दंग ।

 

१५) मालपोत कार्यालय पर्वतमा कार्यरत कर्मचारीले ढिलासुस्ती गरेको भन्दै एक सेवाग्राहीले गरे तोडफोड, कम्प्युटर र कागजातमा क्षति ।

 

१६) ललितपुर महानगरपालिकाले महानगरलाई होर्डिङ बोर्डमुक्त गर्ने, महानगरका सबै सडकमा स्मार्ट लाइट पनि राखिने ।

 

१७) सोलुखुम्बूको खुम्बू पासाङह्लामु गाउँपालिका- १ खार्चेमा प्याराग्लाइडिङको परीक्षण उडान सम्पन्न, अब खार्चे घुम्न पुग्ने भए आन्तरिक तथा बाह्य पर्यटक ।

 

१८) सरकारले कोरोना संक्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनमा लागू गरेको जोर-बिजोर प्रणाली अन्त्य, बढ्ने भयो उपत्यकामा सवारी जाम ।

 

१९) मिस नेपाल नम्रतालाई युरो किड्सको सम्मान, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले गरे प्रशंसापत्र र नगद २५ हजार रुपैयाँ प्रदान गरी सम्मान ।

 

२०) मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा सोवा रिग्पा एसोसिएसनको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।