close

अर्याल आईसीआईडीको उपनिर्देशकमा नियुक्त

अर्याल आईसीआईडीको उपनिर्देशकमा नियुक्त

Trulli
ADVERTISEMENT

काठमाडौं- आईसीआईडी प्रालिको उपनिर्देशकमा प्रनिल अर्याल नियुक्त भएका छन् । प्रालिको बाेर्ड बैठकले अर्याललाई आईसीआईडी प्रालिअन्तर्गतका सबै प्रसारण र प्रकाशन संयन्त्रकोे मार्केटिङ र ब्राण्ड हेर्ने गरी नियुक्त गरेको हो ।


नवनियुक्त अर्याललाई आईसीआईडी प्रालिका कार्यकारी निर्देशक शिव अधिकारीले आज कार्यालयमा स्वागत गर्दै उनको आगमनले आईसीआईडी प्रालिअन्तर्गतका मिडियाको विकासमा उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गरे ।


आईसीआईडीअन्तर्गत पालिकाखबरडटकम, पालिकाखबर टेलिभिजन, पालिकाखबर रेडियो, पालिकाखबर म्यागेजिनका अतिरिक्त सातामा १७ वटा टेलिभिजन कार्यक्रम उत्पादन र प्रसारण हुँदै आएका छन् ।

 

एभिन्युज खबरबाट प्रसारण हुने यी सबै कार्यक्रमका साथै पालिकाखबर ग्रुपको मार्केटिङ र ब्राण्डको जिम्मा अब अर्यालमा हुनेछ ।

 

यसअघि अन्नपूर्ण मिडिया नेटवर्कमा कर्पाेरेट स्ट्राटेजी, ब्राण्ड, वितरण र बजार व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत अर्यालले उनको स्वागतमा आयोजित कार्यक्रममा आईसीआईडी प्रालि र पालिकाखबरका सबै ब्राण्डलाई उचाइमा पुर्‍याउन आफू प्रयत्नशील रहने प्रतिवद्धता व्यक्त गरे ।