close

५ पुसदेखि धनुषा जिल्ला प्रशासनको नियमित सेवा 

५ पुसदेखि धनुषा जिल्ला प्रशासनको नियमित सेवा 

Trulli
ADVERTISEMENT

धनुषा- कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाबाट स्थगित गरिएका सबै आउँदो ५ पुसदेखि नियमित रूपमा सञ्चालन हुने भएका छन् ।

 

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर ५ पुसदेखि सबै प्रशासनिक सेवा सुरु गर्न लागिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए ।

 

फरक दिन फरक पालिका

 

राष्ट्रिय परिचयपत्र दर्ता सेवा आइतबार हंसपुर नगरपालिका, धनुषाधाम नगरपालिका र विदेह नगरपालिकाका सेवाग्राहीलाई प्रदान गरिनेछ भने सोमबार नगराइन, सबैला र गणेशमान चारनाथ नगरपालिका, मंगलबार जनकपुरधाम उपमहानगर, मिथिला बिहारी र क्षीरेश्वनाथ नगरपालिकाबासीले सेवा लिन सक्नेछन् ।

 

यस्तै, बुधबार जनकनन्दनी, लक्ष्मीनिया र औरही गाउँपालिका, बिहीबार जनकपुरधाम उपमहानगर, मुखियापट्टी मुसहरनिया र बटेश्वर गाउँपालिका तथा शुक्रबार कमला नगरपालिका, धनौजी गाउँपालिका, सहिदनगर नगरपालिका एवं मिथिला नगरपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ । 


जनकपुरधाम उपमहानगरमा सेवाग्राही संख्यात्मक रूपमा बढी रहेकाले यहाँका सेवाग्राहीलाई मंगलबार र बिहीबार गरी २ दिन सेवा प्रवाह गरिनेछ । नागरिकतासम्बन्धी कार्य यथावतै रहेको प्रजिअ बाँस्तोलाले बताए ।