close

मध्यपुर थिमीका शैक्षिक संस्था तत्काल नखुल्ने

मध्यपुर थिमीका शैक्षिक संस्था तत्काल नखुल्ने

Trulli
ADVERTISEMENT

भक्तपुर- विश्वभर फैलिएको कोरोना भाइरसका कारण बन्द भएका मध्यपुर थिमी नगरपालिका क्षेत्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोरोनाको जोखिम जारी रहेको भन्दै नगरपालिकाले सूचना जारी गरी तत्काल नगरभित्रका स्कुल, कलेज नखोल्न आग्रह गरेको हो ।


लुकिछिपी शैक्षिक संस्था खोलेको सूचनाको आधारमा नगरपालिकाले अनुगमन गर्दा शैक्षिक संस्था संचालन गरेको पाइएकाले तत्काल संचालन नगर्न आग्रह गरेको हो । 


स्कुल, कलेज नखोल्न नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचित गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव ज्ञानेन्द्र वनले बताए । 


नगरपालिकाले कोरोना महामारीका कारण शैक्षिक सत्र २०७७ को सुरुवातदेखि नै शिक्षण सिकाइ क्रियाकलाप अवरुद्ध रहेको र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले भौतिक रूपमा विद्यार्थी उपस्थित गराई प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्न स्थानीय तहले अनुमति दिन सक्ने व्यवस्था रहेकामा सो अधिकार प्रयोग गरी स्कुल, कलेज नखोल्न अनुरोध गरिएको जनाएको छ ।