close

अध्यक्ष ओलीविरुद्ध अध्यक्ष प्रचण्डको जुलुस !

अध्यक्ष ओलीविरुद्ध अध्यक्ष प्रचण्डको जुलुस !

Trulli
ADVERTISEMENT

 

पार्टीभित्र आन्तरिक मतभेद बढ्दै गएपछि केसम्म हुन्छ भनेर हेर्नुपर्यो भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई हेरे हुन्छ ।


तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि यो पार्टीमा  केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड) अध्यक्ष छन् ।


अध्यक्ष ओलीले आज संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि यसको विरोधमा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेकपाका कार्यकर्ता आजैबाट सडकमा निस्कदैछन्, त्यो पनि आफ्नै पार्टीका अध्यक्षविरुद्ध ।

 

आन्तरिक घर घर झगडाका कारण नेकपाभित्र फष्टाएको यो आन्तरिक लोकतन्त्रले पार्टी विभाजनको अवस्थामा पुर्याएन भने नेकपामा अबका केही दिन गज्जवका दृष्य देखिनेछन् ।


प्रचण्ड र नेपाल समूहले आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीविरुद्ध माइतीघर मण्डलामा प्रर्दशन गर्न लागेको युवा संघका नेता रामप्रसाद सापकोटा दिपशिखाले जानकारी दिए ।


नेकपाका प्रचण्ड र नेपाल निकट युवा विद्यार्थीको यो विरोध प्रदर्शनमा अन्य दलका नेता कार्यकर्ता पनि उपस्थित हुनेछन् ।


उता नेकपाका सांसदहरु ओलीको कदमबारे छलफल गर्न पार्टीको संसदीय दलमा भेला हुँदैछन् । भेला अघि सबैजसो नेताले ओलीलाई आफ्नो कदम फिर्ता लिन दवाव दिइसकेका छन् । तर ओली दवावकाबीच राष्ट्रपतिलाई संसद विघटनको सिफारिस वुझाएर फर्किसकेका छन् ।