close

बूढीनन्दाकी उपप्रमुख रेग्मीले गरिन् प्रधानमन्त्री कदमको समर्थन

बूढीनन्दाकी उपप्रमुख रेग्मीले गरिन् प्रधानमन्त्री कदमको समर्थन

Trulli
ADVERTISEMENT

बाजुरा- प्रधानमन्त्री केपी शर्मा ओलीले आज गरेको प्रतिनिधिसभा विघटनको सिफारिसबारे स्थानीय सरकारका प्रमुख, उपप्रमुख, अन्य जनप्रतिनिधिहरू विभाजित भइरहेका बेला बाजुराको बूढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीले भने प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति समक्ष गरेको सिफारिसको समर्थन गरेकी छन् ।

 

सामाजिक संजाल फेसबुकमा राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिको तसबीरसँगै स्टाटसमा लेखेकी छन्, 'ताजा जनादेशमा जानु जनताको हितविपरीत र अलोकतान्त्रिक कसरी हुन सक्छ ?'