close

'संसद् विघटनको विकल्प थिएन, घेराबन्दीमा परेका ओलीले जिते'

'संसद् विघटनको विकल्प थिएन, घेराबन्दीमा परेका ओलीले जिते'

Trulli
ADVERTISEMENT

बाजुरा- प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयको चौतर्फि विरोध भइरहँदा सुदूरपश्चिमको बुढिनन्दा नगरपालिकाकी उपप्रमुख श्रृष्टि रेग्मीले भने यसको जिम्मेवारी पार्टीकै विरोधी समूहले लिनुपर्ने भन्दै निर्णय सही भएको बताएकी छिन् ।

 

पालिका खबरसँग कुरा गर्दै उपप्रमुख  रेग्मीले भनिन्, ‘करिब दुई तिहाईको सरकार सञ्चालन गर्न प्राप्त जनादेशको दुरुपयोग गर्न उक्साउने उनै विरोधी समूह हुन्, यो अवस्थामा पुर्याएको जिम्मेवारी उनैले लिनुपर्छ, प्रधानमन्त्रीको दोष छैन ।’

 

उपप्रमुख रेग्मीले ताजा जनादेश लिनु आफैंमा गलत नभएको भन्दै प्रधानमन्त्रीलाई घेरावन्दीमा पार्नेहरुको उल्टै हार भएको बताईन् । ‘तर, आफ्नै पार्टीबाट यस्तो कदम चालिनु दुःखद् हो’ उपमेयर रेग्मीले भनिन् ।