close

प्रधानमन्त्रीविरुद्ध माइतीघर र जनकपुरमा जुलुस

प्रधानमन्त्रीविरुद्ध माइतीघर र जनकपुरमा जुलुस

Trulli
ADVERTISEMENT

काठमाडौं– संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणाको सिफारिस गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध उनकै पार्टी नेकपाका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् ।


नेकपाको प्रचण्ड र नेपाल खेमाका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तालाई साथ लिएर माइतीघर मण्डलाबाट बानेश्वरसम्म विरोध प्रर्दशन गरेका छन् ।


ठूलो संख्यामा प्रर्दशनमा उत्रिएका कार्यकर्ताले आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।


उता नेकपाका नेता कार्यकर्ताले प्रधानमन्त्री विरुद्ध आजै जनकपुरमा पनि विरोध प्रदर्शन गर्दैछन् ।  यता आजै कांग्रेस नेता गगन थापा लगायतले प्रधानमन्त्रीको कदमविरुद्ध नयाँ बानेश्वरमा आयोजना हुने कोणसभालाई सम्वोधन गर्दैछन् ।