close

संसद विघटनविरुद्ध नेकपा जुम्लाकाे बिराेध प्रदर्शन

संसद विघटनविरुद्ध नेकपा जुम्लाकाे बिराेध प्रदर्शन

Trulli
ADVERTISEMENT

जुम्ला- नेपाल कम्युनिस्ट पार्टी जुम्लाले प्रतिनिधिसभा विघटनविरुद्ध आज ३ बजे जुम्लाको सदरमुकाम खलंगामा विरोध प्रदर्शन गरेको छ । 


नेकपा कर्णाली प्रदेश सदस्य पूर्णप्रसाद धितालले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध आज दिउँसो ३ बजे प्रदर्शन गरिएको बताए । 


जुम्लाको सदरमुकाम खलंगामा उपलब्ध नेता तथा कार्यकर्ताले सदन विघटनका बारेमा छलफल गर्दै आन्दोलनमा उत्रिने निर्णय गरेको धितालले जानकारी दिए । देशैभर आन्दोलनमा उत्रिन सबै नेता, कार्यकर्ता, युवा, नागरिक समाजका अगुवालाई अपिल गरिएको उनले बताए । 


यस्तै, अहिले संसद विघटनविरुद्ध सामाजिक संजाल तातेको छ । सामाजिक संजालमा प्रधानमन्त्री केपी ओलीको अत्यन्तै असंवैधानिक, अलोकतान्त्रिक  र निरंकुश संसद विघटनको ‘कु’का विरुद्ध सबै जुट्नुको विकल्प नरेको संजाल प्रयोगकर्ताले बताएका छन् ।


यता, स्थानीय प्रशासनले भने सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार संसद विघटनको कुरा आएपछि देशभर सुरक्षा चुनौती त हुने नै भयो । उनले भने, ‘कुनै अप्रिय घटना घट्न नदिनका लागि सुरक्षा व्यवस्था मजबुत बनाउनेछौँ ।’