close

वामदेव गौतमले भनेः संसद विघटन गैरसंवैधानिक

वामदेव गौतमले भनेः संसद विघटन गैरसंवैधानिक

Trulli
ADVERTISEMENT

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरी निर्वाचन मिति घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई गैरसंवैधानिक भनेका छन् ।


नेकपाका नेताहरु प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरुद्ध वाक तथा सडक संघर्षमा उत्रिरहेका बेला निकै घण्टा मौन बसेका गौतमले अन्तत प्रधानमन्त्रीको कदममा साथ दिन नससकिने बताएका छन् ।


‘संसदको कार्यकाल दुईवर्ष बाँकी हुँदै नेपालको संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैरसंवैधानिक कदम गलत र भत्र्सनायोग्य छ’, गौतमले भनेका छन्, ‘यस कदमले देशमा राजनीतिक अस्थिरता वढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्नेछ ।’