close

आठराईका अध्यक्ष भन्छन्ः ‘प्रतिनिधिसभा विघटनले स्थानीय तहलाई असर गर्दैन’

आठराईका अध्यक्ष भन्छन्ः ‘प्रतिनिधिसभा विघटनले स्थानीय तहलाई असर गर्दैन’

Trulli
ADVERTISEMENT


खगेन्द्र अधिकारी
ताप्लेजुङ– ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले प्रतिनिधिसभा भंग हुँदा स्थानीय तहको बजेट निर्माणलगायतमा खासै असर नपर्ने बताएका छन् । तर, उनले संसद भंगको कदम ठीक नभएको बताए ।


२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट झिनो मतान्तरले विजयी भएका उनले स्थानीय तह आफैँमा अधिकारप्राप्त सरकार भएकाले संघीय संसद प्रतिनिधिसभाको गठन र विघटनसँग यसले खासै महत्त्व नराख्ने बताए । उनले तत्कालै संसद विघटन नभएको भए राम्रो हुने भन्दै विघटनलाई त्यति सकारात्मक मान्न नसकिने बताए । सिटौला नेपाली कांग्रेस आठराई त्रिवेणी गाउँपालिका कार्यसमितिका सभापतिसमेत हुन् ।