close

१२ घण्टाका २० खबरः ओलीको सनकले संसद गयो, गाउँको आफ्नै प्रहरी भयो

१२ घण्टाका २० खबरः ओलीको सनकले संसद गयो, गाउँको आफ्नै प्रहरी भयो

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१) राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन, अगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचनको मिति तय ।

 

२) अवैध रूपमा खोला उत्खनन गर्ने निजगढका सातवटा क्रसर उद्योग बन्द गर्न जिल्ला समन्वय समिति बाराको निर्देशन, क्रसर उद्योगमा रहेका नदीजन्य सामग्रीको नापजाँच गरी प्रतिवेदन पेस गर्न प्राविधिक टोलीसहितको उपसमिति गठन गर्ने निर्णय ।

 

३) कोरोना महामारीपछि बन्द गरिएको काठमाडौंको बूढानीलकण्ठ नारायणस्थान मन्दिर भक्तजनका लागि खुला, प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले मन्दिर खुला गरिएको गरे घोषणा ।

 

४) स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको वैघा बारीचौरमा झोलुङ्गे पुल निर्माण हुने, पुलले कालीगण्डकी र पाल्पाको बगनासकाली गाउँपालिका जोड्ने।

 

५) सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित चार स्थानीय तहलाई चीनको नेलम काउन्टीले प्रदान गर्यो‍ विभिन्न राहत सामग्री, अब स्थानीय सरकारले बाढी पहिरोपीडितलाई ती सामग्री प्रदान गर्ने ।

 

६) पोखरा महानगरपालिका– ३१ मा पर्ने खोलाबेँसीमा मोटरेबल पुल निर्माण गरिने, दुई करोड १२ लाख रुपैयाँको लागतमा पुल निर्माण हुने ।

 

७) दार्चुलाका नौ स्थानीय तहका ६१ मध्ये ४४ वडामा पुग्यो सडकको पहुँच, संघ, प्रदेश र स्थानीय सरकारबाट धमाधम सडक निर्माण गरिँदै ।

 

८) काठमाडौंको नागार्जुन नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्दै, कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम ।

 

९) झापाको बिर्तामोड नगरपालिका– २ चैतुबारीको खेतमा ४२ वर्षीया दिनो राजवंशीको शव फेला, घटनाको विषयमा प्रहरीले सुरु गर्यो‍ अनुसन्धान ।

 

१०) ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा योजना सम्पन्न भएपछि अनिवार्य सार्वजनिक परीक्षण गर्नुपर्ने बनाइयो नियम, नगरपालिकाले यो नियम कडाइका साथ कार्यान्वयन गर्ने । ११) खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गर्यो‍ गाउँपालिका प्रहरी भर्नाका लागि छनोट परीक्षा सुरु, प्रहरीमा भर्ती हुन युवायुवतीको ताँती ।

 

१२) मोरङको विराटनगर महानगरपालिका– १४ मा रहेको राजेश दासको घरमा आगलागी हुँदा १४ वर्षीय छोरा रविन दासको जलेर मृत्यु, दुई जना घाइते।

 

१३) पूर्वी नवलपरासीको बर्दघाट नगरपालिकाले गर्यो‍ बालमैत्री विद्यालय छनोट, छनोटमा परे राष्ट्रिय मावि जिमिरेभार र शिरोमणि प्रावि मौराहाटाडी।

 

१४) धनुषाको शहीदनगर नगरपालिकाले दिने भयो वैदेशिक रोजगारीमा जानेलाई तालिम, तालिमका लागि नगरपालिकाको कार्यालयमा अलग्गै कक्षको व्यवस्था गरिने।

 

१५) स्वास्थ्य सेवाको पहुँच बढाउँदै रुकुम पश्चिमका स्थानीय तह, चार स्थानीय तहले आफ्नै पहलमा डाक्टरसहितको अस्पताल स्थापना गरे ।

 

१६) बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने, मकवानपुरको इन्द्रसरोवर, रसुवाको गोसाइँकुण्ड र दोलखामा रोपवे निर्माणका लागि अध्ययन सुरु।

 

१७) रूपन्देहीको देवदह नगरपालिकामा भूमिहीन तथा सुकुम्बासी लगत संकलन कार्यालय स्थापना, अब कार्यालयले भूमिहीनका पक्षमा काम सुरु गर्ने ।

 

१८) स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जिल्ला प्रशासन कार्यालय धनुषाको नियमित सेवा सुरु, प्रशासनिक सेवा फरक बार र फरक पालिकाअनुसार वितरण गरिने ।

 

१९) बाजुरा जिल्लाको बडिमालिका– ७ मा नेपाल टेलिकमको फोर जी सेवासहितको टावर निर्माण हुने, स्थानीय खुसी।

 

२०) खोटाङको साकेला गाउँपालिकामा मुन्धुम ट्रेल निर्माण सुरु।