close

नेकपा धनुषाले भन्योः केपी ओली अधिनायकवादी

नेकपा धनुषाले भन्योः केपी ओली अधिनायकवादी

Trulli
ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गम्भिर प्रहार रहेको नेकपा धनुषाले जनाएको छ ।


नेकपा धनुषाका सचिव दिपक यादवले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको कदम अधिनायकवाद र निरंकुश तानाशाही रहेको बताएका छन् ।


सचिव यादवद्वारा जारी गरिएको विज्ञप्तिमा नेकपाको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली कदम तत्काल सच्याउन माग गरिउको छ ।


‘प्रधानमन्त्री ओलीले चालेको कदम नसच्याइएमा जनताको त्याग, तपस्या र बलिदानको बलमा आएका संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल गम्भिर संकटमा परेकोले फेरी पनि यसको रक्षाको निम्ति तयार रहन पार्टीका नेता, कार्यकर्ता, बुद्धिजिवी, व्यापारी, नागरिक समाज, मानवअधिकारकर्मी, संचारकर्मी लगायत सम्पूर्ण जनसमुदायमा अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।