close

बिरालोलाई थुनेर चुट्नुको परिणाम प्रतिनिधिसभा विघटन : मुख्यमन्त्री राई

बिरालोलाई थुनेर चुट्नुको परिणाम प्रतिनिधिसभा विघटन : मुख्यमन्त्री राई

Trulli
ADVERTISEMENT

झापा- प्रदेश का मुख्यमन्त्री शेरधन राईले बिरालोलाई ढोका थुनेर चुटेपछि जे हुन्छ, प्रधानमन्त्री केपी ओलीले बाध्यतावस संघीय संसद्को विघटन त्यस्तै बाध्यताले गर्नुपरेको बताएका छन् ।

 

उनले नेकपाभित्रको विवादले नै संसद् विघटनको दुःखद् बाध्यतातर्फ धकेलेको भन्दै प्रधानमन्त्री अ‍ोलीको कदमको बचाउ गरेका छन् । भद्रपुरमा रहेको प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीको आज उद्घाटन गर्ने क्रममा उनले त्यस्तो बताएका हुन् ।

 

सुखी नेपाली र समृद्ध नेपालको यात्रामा जबर्जस्त अवरोध सिर्जना गरिएको उनको भनाइ थियो । ताजा जनादेशमा जानुपर्ने बाध्यता नेकपाभित्रको विवादले सिर्जना गरेको उनले दाबी गरे ।

 

‘बिरालोलाई ढोका थुनेर चुट्दा जे हुन्छ, त्यही भयो,’ उनको भनाइ थियो, ‘नीति र नेतृत्वको विवाद महाधिवेशनबाट छिनोफानो गर्ने सहमति र अभिभारातर्फ नेकपा नगएपछि दुखद् बाध्यता सिर्जना हुनपुग्यो ।’

 

उनले संसद् विघटन दुखद् भएको पनि बताए । तर, कसका कारण र किन यस्तो बाध्यता आइपर्‍यो भनेर बुझ्न र विश्लेषण गर्न जरुरी भएको भनको भनाइ छ ।