close

भक्तपुर नगरपालिकाको शैक्षिक नीति : शिशुदेखि स्नातकोत्तरसम्म छात्रवृत्ति

भक्तपुर नगरपालिकाको शैक्षिक नीति : शिशुदेखि स्नातकोत्तरसम्म छात्रवृत्ति

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले शिशुदेखि स्नातकोत्तर तहसम्मका लागि शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । मुलुककै सानो नगर भक्तपुरलाई शैक्षिक हबको रूपमा स्थापित गर्न यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।


हाल नगरमा ३६ सामुदायिक र ५६ वटा निजी विद्यालय सञ्चालनमा छन् । यसैगरी विभिन्न कलेज नगरमा सञ्चालित छन् । नगरपालिकाले मात्रै स्कुलदेखि कलेजसम्म ७ वटा शैक्षिक संस्था सञ्चालन गर्दै आएको छ, जसमा प्राविधिकतर्फ नर्सिङ तथा इन्जिनियरिङ कलेजसमेत रहेको नगर शिक्षा शाखाले जानकारी दिएको छ ।


यी विद्यालयमा ४० हजार विद्यार्थी अध्ययनरत छन्, जसमा १० हजारले उच्च शिक्षा हासिल गर्दै छन् । नगरले साना नानीका लागि ६ वटा शिशु स्याहार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।


नगरका शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौलाका अनुसार नगरले साना नानीका लागि शिशु स्याहार केन्द्र र स्नातकोत्तरका निम्ति छात्रवृत्ति तथा शैक्षिक ऋणको व्यवस्था गरेको छ ।


‘एक विद्यार्थीले पाँच लाख रुपैयाँ शैक्षिक ऋण पाउनेछन् । यसका लागि पाँच करोड रकम विनियोजन गरिएको छ,’ शाखा प्रमुख निरौलाले भने, ‘नगरले सामुदायिकका विद्यार्थीलाई मात्रै होइन, निजी विद्यालयका विद्यार्थीलाई समेत छात्रवृत्तिको योजना ल्याएको छ ।’


यहाँका विद्यालय १ पुसदेखि सञ्चालनमा आएका छन् । रोकारवालासँग छलफल गरी विद्यालय सञ्चालन भइरहेका र अवस्था हेरेर क्रमशः माथिल्ला कक्षामा पनि आलोपालो आंशिक सञ्चालन गर्न थालिएको उनले बताए ।


नगरपालिकाले विद्यालय सञ्चालन गर्दा कोेभिड रोकथामका लागि क्लोरिन, साबुन, स्यानिटाइजर, मास्कलगायत सामग्री उपलब्ध गराएको छ ।