close

सुडी गाउँमा ‘एक घर, एक धारा’

सुडी गाउँमा ‘एक घर, एक धारा’

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ६ सुडी गाउँमा ‘एक घर, एक धारा’ संचालनमा ल्याएको छ । गाउँपालिकाको समन्वयमा अनुकूलन कोषको आर्थिक सहयोग वन तथा वातावरण मन्त्रालय, विश्व खाद्य कार्यक्रमको प्राविधिक संयोजनमा पेस नेपाल जुम्लामा गाउँमा एक घर, एक धारा संचालनमा ल्याएको हो ।

 

स्थानीय राजबहादुर रावतले गाउँमा खानेपानीको निकै समस्या भएकामा अहिले घरघरमा खानेपानीको धारा भएपछि सहज भएको बताए । यसले महिलाको कार्यबोध पनि घटाएको छ । यसअघि खानेपानी नहुँदा मान्छेसहित अन्य प्राणीले समस्या भोग्दै आए पनि अब सहज हुने उनले बताए ।


जनश्रमदानसहित उक्त आयोजना सम्पन्न गर्नका लागि ८४ लाख ८५ हजार ६९६ रुपैयाँ खर्च भएको छ । अनुकूलन कोषको आर्थिक सहयोग वन तथा वातावरण मन्त्रालय, विश्व खाद्य कार्यक्रमको प्राविधिक संयोजनमा साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाले आयोजना सम्पन्न गरी खानेपानी संचालनमा ल्याएको हो ।


१६ हजार ७५ जनसंख्या र दुई हजार ६२३ घरधुरी भएको गाउँपालिकामा सबै घरधुरीमा खानेपानी धारा पु¥याउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।