close

एशियाका प्रतिस्पर्धीलाई उछिन्दै मध्यपुरथिमिले जित्यो ‘एशियन टाउनस्केप अवार्ड’

एशियाका प्रतिस्पर्धीलाई उछिन्दै मध्यपुरथिमिले जित्यो ‘एशियन टाउनस्केप अवार्ड’

Trulli
ADVERTISEMENT

भक्तपुर– ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुर्ननिर्माणमा पाएको सफलतालाई आधार मान्दै मध्यपुर थिमि नगरपालिका एशियन टाउनस्केप अवार्डबाट पुरस्कृत भएको छ ।


शहरी क्षेत्रको विकासमा सक्रिय युएन् हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै सो पुरस्कार प्रदान गरेको हो ।


प्रत्येक वर्ष दिईंदै आएको यस्तो सम्मान पाउने मध्यपुर थिमी नगरपालिका नेपालकै एक मात्र पालिका हो । योसँगै एशियाका १२ प्रतिस्पर्धी सम्मानित भएका छन् । दक्षिण कोरियाका ४, जापानका ३, चीनका २ र मलेसिया, नेपाल र थाइल्याण्डका एक एक वटाले यस्तो पुरस्कार प्राप्त गरेका हुन् ।
 

पुरस्कृत भएको खबर पाउने बित्तिकै पालिका खबरलाई प्रतिक्रिया दिँदै मेयर मदनसुन्दर श्रेष्ठले भने, ‘मध्यपुरथिमि नगरवासी मात्र होइन, सबै नेपाली खुसी हुने अवस्था बनेको छ, हामीले सम्पदा संरक्षणमा अहोरात्र गरेको मेहनतको प्रतिफलका रुपमा लिएको छु ।’


सहअस्थित्व सहितको वातावरण संरक्षण, सुरक्षित, दीगोपना, क्षेत्रीय सस्कृति र इतिहासको सम्मान, कलात्मकता, योगदान, क्षमता लगायतका पुरस्कारका आधार तय गरिएको थियो ।


बढ्दो शहरीकणसँगै बेवास्तामा पर्ने गरेको परम्परागत, ऐतिहासिक धरोहर तथा प्राकृति संरक्षणको मुद्दामा काम गर्दै प्रगति हासिल गरेका एशियाली शहरहरुलाई यस्तो पुरस्कार दिइदै आएको छ ।


एशियाका स्थानीय सरकारहरु, विभाग, शहरी व्यवस्थापन निकाय, गैरसरकारी तथा सामुदायिक संस्थाहरु, अनुसन्धान केन्द्र, योजना निर्माण विज्ञ लगायतको प्रतिस्पर्धा थियो ।