close

तिलोत्तमाको प्रशासनः पुराना गए, नयाँ आए

तिलोत्तमाको प्रशासनः पुराना गए, नयाँ आए

Trulli
ADVERTISEMENT

रुपन्देही– तिलोत्तमा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माको बिदाइ र नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाई स्वागत समेत गरिएको छ ।

 

नगरप्रमुख बासुदेव घिमिरेले निवर्तमान प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मालाई मायाको चिनो दिएर बिदाई गरे । शर्माले नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोे स्मरण गर्दै नगरप्रमुख घिमिरेले जुनसुकै स्थानमा पुगेपनि सहयोग समन्वय र सहकार्यका लागि आग्रह गरे ।

 

नगरपालिकाबाट हुने समग्र कामहरुको व्यवस्थापनमा जनप्रतिनिधि, कर्मचारी र जनतासँग समन्वयकारी भूमिका निर्वाह गरेका कारण नगरका कामहरुलाई प्रभावकारी बनाउन सहयोग पुगेको नगरप्रमुख घिमिरेको भनाइ छ ।

 

प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्य गर्दै आएका शर्माको कार्य कुशलताको तारिफ गर्दै नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले जनताको सेवक भएर सेवा प्रवाहलाई चुस्तदुरुस्त र छिटो छरितो बनाउन निकै प्रसंशनीय कार्य गरेको बताइन् । बिदाइ कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले छोटो समयमै पारिवारिक रुपमै सबैको सहयोगमा कार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै नगरपालिकाको विकाशमा आफुले गर्न सक्ने योगदान गर्न अझै तत्पर रहेको वताए ।  

 

तिलोत्तमा नगरपालिकामा आएका प्रदिप पौडेलले सबैको सहयोगले नै नगरको विकाशँंगै देश विकाशको बाटोमा जान सकिने भन्दै नगरपालिकाले गरेको स्वागतप्रति आभार व्यक्त गरे

 

निवर्तमान प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा गृह मन्त्रालयमा सरुवा भएका छन् भने नयाँ प्रमुख प्रशासकीय अधिकृत पौडेल टोखा नगरपालिकाबाट सरुवा भएर आएका हुन् ।