close

यस्ता छन् ओली समूहको केन्द्रीय कमिटीका ७ निर्णय

यस्ता छन् ओली समूहको केन्द्रीय कमिटीका ७ निर्णय

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रतिनिधिसभा भंग भएपछि नेकपाका दुईजना अध्यक्षको नेतृत्वमा शुरु भएका बेग्लावेग्लै केन्द्रीय कमिटी बैठकले धमाधम आफु अनुकुलका निर्णय गर्न थालेका छन् ।

 

विहान ९ बजेदेखि बसेको प्रधानमन्त्रीसमेत रहेका ओली खेमाका नेताहरुको बैठकले भने महाधिवेशन आयोजक कमिटी बनाउनेदेखि दिएर पार्टीको प्रवत्ता तोक्नेसम्मको निर्णय गरेको छ ।


दिउसो १ बजे कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ठ नेता माधव कुमार नेपाल खेमाको केन्द्रीय कमटिी बैठक बस्नु अगावै ओली पक्षधरले बैठक राखी निर्णय सार्वजनिक गरिरहेका छन् ।

 

के छन् निर्णय ?

 

१) नेकपाका प्रचण्ड र नेपाल खेमाका कुनैपनि नेतामाथि कारवाही नगर्ने ।

 

२) ११९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गर्ने ।

 

३) परराष्ट्रमन्त्रीसमेत रहेका नेता प्रदीप ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने । नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने ।


४) पार्टीको महाधिवेशन २०७८ मंसिर २ देखि ७ गतेसम्म गर्ने ।

 

५) महाधिवेशन आयोजक कमिटीमा थप भएका ५५६ जना केन्द्रीय सदस्यलाई सपथग्रहण गराउने ।


६) दुइदिन भित्रमा सातवटै प्रदेशमा कार्यकर्ता भेला गर्ने ।


७) प्रदेश भेलाका लागि संयोजक तोक्ने ।