close

रानीमहल चिनाउन प्रदेश र स्थानीय सरकार एकैसाथ

रानीमहल चिनाउन प्रदेश र स्थानीय सरकार एकैसाथ

Trulli
ADVERTISEMENT

रूपन्देही- ऐतिहासिक पर्यटकीय स्थल रानीमहलको प्रवर्द्धन गर्ने उद्देश्यले साइक्लिङ राइड टु रानीमहल सिजन २ को तयारी पूरा भएको छ । 

 

बुटवल उपमहानगर, तानसेन नगरपालिका, लुम्बिनी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन डिभिजन कार्यालय रूपन्देहीसहित विभिन्न संघ-संस्थाहरूको सहयोगमा १० र ११ पुसमा रूपन्देही जिल्ला साइक्लिङ संघको आयोजना साइक्लिङ कार्यक्रम हुने भएको हो ।


उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी, मन्त्रालयका सचिव डा. राजन केसी, पर्यटन डिभिजन कार्यालय रूपन्देहीका प्रमुख मुक्ति पाण्डे, साइन रेसुंगा विकास बैंकका डेपुटी सीईओ प्रकाश गुरुङले सामूहिक रूपमा टिसर्ट तथा ज्याकेट वितरण गरेर कार्यक्रम सुरु गरे ।

 

कार्यक्रममा मन्त्री गिरीले खेलकुदबाट व्यक्तिमा अनुशासनसँगै पर्यटन विकासमा समेत टेवा मिल्ने बताए । रूपन्देही जिल्ला साइक्लिङ संघका अध्यक्ष पुकार थापाले सबैको साथ र सहयोगबाट राष्ट्रिय स्तरको साइक्लिङ कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

 

१० पुसमा बुटवलको सामरिक, ऐतिहासिक स्थल जितगढी किल्लाबाट बिहान कार्यक्रम शुभारम्भ हुनेछ । कार्यक्रममा काठमाडौँ, पोखरा, नेपालगञ्ज, नारायणगढलगायत स्थानबाट करिब १ सय ५० खेलाडी सहभागी हुनेछन् ।