close

लालपुर्जाको सबै काम अब स्थानीय तहबाटै

लालपुर्जाको सबै काम अब स्थानीय तहबाटै

Trulli
ADVERTISEMENT

म्याग्दी- पर्वतको जलजला गाउँपालिकाले भू-सेवा केन्द्र स्थापना गरेको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले केन्द्रको औपचारिक उद्घाटन गर्दै सेवा प्रवाह सुरु भएको घोषणा गरे । 


केन्द्रबाट जग्गा राजीनामा, अंशबण्डा, नामसारीलगायतका जग्गा प्रशासनसम्बन्धी लिखत तयार पारिनेछ । उक्त लिखत मालपोत कार्यालय कुस्मामा पठाइने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । स्थानीय तहबाट भू-सेवा केन्द्र स्थापना गरी सेवा दिने जलजला धौलागिरिमा पहिलो स्थानीय तह भएको हो ।


केन्द्र स्थापना भएपछि कारोबार गर्न चाहेको विवरण भरी आवश्यक कागजपत्र अपलोड गर्ने अनि लिखत प्रिन्ट गरी सहीछापसहित सेवाग्राहीलाई मालपोत कार्यालय पठाउने, कारोबारको व्यहोरा अनलाइनमा इन्ट्री गर्ने, कागजपत्र अपलोड गर्ने, ल्याप्चे, फोटो अपलोड गर्ने, प्रिन्ट गर्ने अनि पुर्जा प्रिन्ट गरी मालपोत हाकिमबाट सहीछाप गराई सेवाग्राहीलाई सेवा केन्द्र बाट नै पुर्जा उपलब्ध गराइने व्यवस्था गरिएको गाउँपालिकाका कर्मचारी भेषनाथ आचार्यले जानकारी दिए ।

 

उनका अनुसार मालपोत ऐन, २०३४ संशोधन गरी मालपोत अधिकृतले गर्ने कामकाज प्रमुख प्रशासकीय अधिकृतले गर्ने व्यवस्था भएपछि लालपुर्जाको सबै काम स्थानीय तहबाट हुने भएको हो ।