close

हलेसी तुवाचुङमा ‘मेरो रेडियो मेरो भविष्य’ कार्यक्रम

हलेसी तुवाचुङमा ‘मेरो रेडियो मेरो भविष्य’ कार्यक्रम

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ‘मेरो रेडियो मेरो भविष्य’ कार्यक्रम सुरु गरिएको छ । महिलालाई प्राथमिकतामा राखेर रिड नेपाल र नगरपालिकाको सहकार्यमा ‘मेरो रेडियो मेरो भविष्य’ कार्यक्रम सुरु गरिएको हो ।


स्थानीय एफएमबाट १ सय ४४ भागको रेडियो कार्यक्रम प्रसारण गर्ने, रेडियो कार्यक्रम सुन्ने र त्यसमा सहभागी गराएर छात्र÷छात्राको क्षमता विकासका लागि कार्यक्रम सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले बताइन् । 


कार्यक्रमका लागि नगरपालिकाका ११ वडाका १० वटा मावि छानिएका छन् । ‘मेरो रेडियो मेरो भविष्य’ कार्यक्रममा प्रतिविद्यालयका नौ छात्रा र एक छात्रा गरी कुल ९० छात्रा र १० जना छात्रलाई सहभागी गराउने टुंगो लागेको छ ।

 

विद्यार्थी लक्षित विज्ञान, प्रविधि र गणितसम्बन्धी जानकारी दिने रेडियो कार्यक्रम प्रसारण गर्नुपुर्व हाल रिड नेपालले छात्र÷छात्रालाई निःशुल्क रेडियो सेट वितरण गरिरहेको छ । 

 

कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई ‘मेरो रेडियो मेरो भविष्य’ कार्यक्रममा समेटिएको छ । कार्यक्रमका लागि १० विद्यालयका एक÷एक जना शिक्षकलाई फोकल पर्सन तोकिएको छ । 

 

सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई सहभागी गराएर ओरियन्टेसन कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रमको अवधिमा दैनिक एक÷एक वडाका दरले १ सय ४४ वटा रेडियो कार्यक्रम प्रसारण गरिनेछ । 

 

८ पुसदेखि हिमाल एफएम र हलेसी एफएमबाट रेडियो कार्यक्रमको प्रोमो सुरु गरिनेछ । ‘कार्यक्रमका माध्यमबाट छात्राले पढाइ छाड्ने दर घट्ने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ’, उपप्रमुख राईले भनिन् ।

 

कार्यक्रममा बाल क्लबको अध्यक्ष, महिला, दलित, अपांगता भएकालाई प्राथमिकतामा राखेर छनोट गरिएको छ । ‘एफएमबाट कार्यक्रम प्रसारण हुन्छ । विद्यार्थीले घरैमा बसेर हरेक रेडियो कार्यक्रम सुन्नेछन्,’ उपप्रमुख राईले भनिन्, ‘कार्यक्रमको अन्तिममा विद्यार्थीबीचमै प्रतिस्पर्धा गराइन्छ । प्रथमलाई पुरस्कारको व्यवस्था छ ।’ सोमबार बडहरेस्थित लक्ष्मी माबिका छात्र÷छात्रालाई रेडियो सेट वितरण गरिएको छ ।