close

व्यासले पारित गर्‍यो सार्वजनिक-निजी-साझेदारी विधेयक 

व्यासले पारित गर्‍यो सार्वजनिक-निजी-साझेदारी विधेयक 

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको व्यास नगरपालिकाले सार्वजनिक/निजी/ साझेदारी विधेयक पारित गरेको छ । नगरपालिकाको विशेष नगरसभाले यो विधयेक पारित गरेको हो ।

 

सार्वजनिक/निजी/साझेदारको माध्यमबाट पूर्वाधार निर्माण सञ्चालन र सार्वजनिक सेवा प्रवाह सहज बनाउन विधयेक प्रस्ताव गरिएकामा पारित भएको नगर प्रवक्ता एवं व्यासको वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए ।

 

‘नगरको बृहत्तर सामाजिक तथा आर्थिक विकासमा यो विधेयकले सहज हुनेछ’, उनले भने । यस्तै, आर्थिक ऐन, २०७७ लाई संशोधन गर्ने निर्णय गरिएको श्रेष्ठले जानकारी दिए ।

 

श्रेष्ठका अनुसार नगरसभाले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणका लागि राजनीतिक दलका प्रतिनिधि सम्मिलित हुने गरी नगर र वडास्तरीय सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।