close

मासुमा आत्मनिर्भर बन्ने फक्ताङ्लुङको योजना

मासुमा आत्मनिर्भर बन्ने फक्ताङ्लुङको योजना

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले मासु पसल, बाख्रा तथा बंगुर खोर निर्माण र तथा लोकल खुकुरापालक किसानलाई ७५ प्रतिशतसम्म अनुदान दिने भएको छ । गाउँ कार्यपालिकाले पालिका केन्द्र फक्ताङ्लुङको वडा नम्बर ५ तापेथोक आसपास मासु पसल सञ्चालन गर्ने व्यवसायीलाई मासु पसल निर्माणमा ७५ प्रतिशत अनुदान दिने भएको हो ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठका अनुसार मासु पसल निर्माण गर्ने व्यवसायीले १९ पुसभित्र आवेदन दिइसक्नुपर्नेछ । मासु पसल निर्माण अनुदान लिन आवेदन दिनेले सम्बन्धित फर्म सञ्चालकको नागरिकताको प्रतिलिपि, मासु पसलको परियोजना पत्र, गाउँपालिकामा दर्ता भएको व्यवसाय प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

 

यस्तै, व्यवसाय सञ्चालन गर्न जग्गाधनीपुर्जा वा भाडमा भए कम्तीमा ५ देखि १० वर्षसम्मको सम्झौता पत्र, मासु पसल सञ्चालन भएको पसलको फोटो र सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र अनिवार्य गरिएको छ ।

 

फक्ताङ्लुङको पशु सेवा शाखा प्रमुख शशांक पौड्यालका अनुसार पालिकाभरिका बाख्रापालक ६ जना र बंगुरपालक ६ जना निजी फर्म सञ्चालकलाइ खोर निर्माणका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।

 

यसका लागि १९ पुसभित्रै आवेदन दिइसक्नुपर्नेछ । आवेदन दिनेले फर्म सञ्चालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, गाउँपालिकामा फर्म दर्ता भएको दर्ता प्रमाणपत्र, सम्बन्धित वडा कार्यालयको सिफारिसलगायतका कागजागत पेस गर्नुपर्ने प्रावधान छ ।

 

१९ पुसभित्रै आवेदन दिइसक्नुपर्ने लोकल कुखुरा तथा अन्डा प्रवर्द्धन कार्यक्रमअन्तर्गत नमुना कुखुरा खोर निर्माणमा ७५ प्रतिशत अनुदान पाइनेछ । यसका लागि पनि फर्म सञ्चालकले गाउँपालिकाले तोेकेका प्रावधान पूरा गर्नुपर्नेछ ।