close

केपी ओलीले भनेः लुम्बिनी पुगेको माहुरी रस नलिई नफर्किउन्, चाेर समातेर नराखियाेस्

केपी ओलीले भनेः लुम्बिनी पुगेको माहुरी रस नलिई नफर्किउन्, चाेर समातेर नराखियाेस्

Trulli
ADVERTISEMENT

काठमाडौं– बुधवार बवरमहलमा भेला भएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल पक्षधर केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी ओलीलाई अध्यक्षबाट हटाउँदै गर्दा ओली कार्यक्रममा व्यस्त थिए ।


 
एउटा कार्यक्रमको चटारो सकेर फर्किएलगत्तै उनले भेटे मिडिया अलाइन्सका पदाधिकारीलाई । पदाधिकारीसँगको भेटमा पार्टीभित्रको आन्तरिक कलहको दवाव समेत महसुस नगरी लामो कुराकानी गरेका ओलीले देशमा रेल कसरी गुड्दै छ भन्ने देखि लिएर गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा माहुरीका लागि कसरी रस जम्मा गरिदिनेसम्मका योजना सुनाए ।


प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्न प्रचण्डलगायतका नेतालाई शिशुपालको संज्ञा दिएका ओलीले अलाइन्सका पदाधिकारीसँगको भेटमा बुद्धको जन्मस्थलबारे यसरी टिप्पणी गरेः


बुद्धको जन्मस्थलमा मान्छे भेला भएर बुद्धको जीवनीको चर्चा गर्ने, बुद्धको स्मरण गर्ने पनि ठाउँ थिएन । बुद्ध जन्मिएका दिन त्यहाँ पुग्यो भने आँधीहुरी, पानी, हिलो हुन्छ । ओत लाग्ने छत कतै छैन, त्यस्तो खालको स्थिति थियो ।

 

मैले भनेँ, त्यहाँ पाँच हजार मान्छे अटाउने सभाहल बनाउनु पर्छ । त्यसमा ठूलाठूला सभाहल पनि हुन सक्छन् र ध्यान केन्द्र पनि हुन सक्छ । त्यो मल्टिपल उद्देश्यका साथ बनाउने कुरा मैले अघिल्लो पटक प्रधानमन्त्री पद छोडेपछि अघि बढेन ।

 

अर्को पल्ट आउँदा लुम्बिनी हेर्न गएँ जस्ताको तस्तै । मैले लुम्बिनीमा फेरि अर्को नयाँ अभियान चलाएँ । म फागुन २ गते प्रधानमन्त्री भएँ । त्यसै वर्षको बुद्धजयन्ति जो जेठमा पर्दथ्यो । त्यसै वर्षको बुद्धजयन्तिमा तीन हजार मान्छे अटाउने सभाहल निर्माण गर्ने ८/१० वर्षका लागि चलोस्, ठीक छ भनेँ । त्यो बन्यो । अव केही वर्षभित्र हामी पाँच हजार अटाउने अर्को बनाउँछौं र अहिले पूरा हुँदैछ । आगामी बुद्धजयन्ति सम्भवत हामी त्यसै हलमा मनाउँछौं । तीन हजारको दुई अढाइ वर्ष अगाडि नै तयार भइसकेको छ । दुईवटा जन्मदिन त्यहाँ मनाइसकियो ।

 

हामीले त्यहाँका रुखा र काम नलाग्ने सिसौ लगायतका रुख हटायौं । बुद्धको जन्मभूमिमा केको सिसौं लगाइराखेको ! त्यो त जीवनमय हुनुपर्छ । त्यहाँ त कीट पतङ्ग, चराचुरुङ्गी, मौरी, पुतली सबैले आफ्नो बासस्थान ठान्नु पर्छ । जीवन त्यहाँ पाउनु पर्छ । मौरी उडेर आउँदाखेरि उसले भोकै पेट फर्किन नपरोस् । आफ्नो गुँडमा महका लागि रस बोकेर जान नपाउने, रित्तै फर्किने स्थिति नहोस् ।

 

कमसेकम मौरीले पनि आफ्नो झोलाभरि मह बनाउनका लागि घारमा रस लिएर जान सकोस् । पुतलीले पेटभरि पूmलको रस चुस्न पाओस् । चराहरुले पेटभरि फलफुल खान पाँउन् । त्यसप्रकारको एउटा सुगन्धमय सुदृश्य फल र फूलको बगैँचा त्यहाँ हुनुपर्छ ।

 

लुम्बिनीमा सल्ला लगाउने होइन । लुम्बिनीमा सिसौं लगाउने होइन । लुम्बिनीमा लगाउने भनेको फलफूल हो । पूmल बास्नामय होस्, सुन्दर होस्, पूmलेको होस् । त्यो आफैँ स्वतः जीवनमय हुन्छ । त्यहाँ सुरक्षाका लागि प्रहरी विट बस्छ ।

 

मैले आदेश गरेको छु, त्यहाँ मान्छे थुन्ने ठाउँ होइन । कोही अपराधी पसेछ र अपराध गर्न खोज्यो भने अपराध गर्न दिइँदैन । विगतका हाम्रा अनुभव छन्, अपराधी पसेका, अपराधीले अपराध गरेका अनुभव छन् । त्यसबाट हामीले शिक्षा लिएका छौं ।

 

अपराधीलाई पहिले नै नियन्त्रणमा लिने । नियन्त्रणमा लियो भने थुन्नचाहिँ लुम्बिनी एरियाभित्र नथुन्ने । त्यो थुन्ने ठाउँ होइन । त्यहाँ सुरक्षाका लागि प्रहरी बस्छ, तर त्यसलाई हिरासत, जेल र कारागारको रुपमा त्यहाँ प्रयोग गर्न पाइँदैन । त्यसलाई बाहिरै लाने बन्दोवस्त हुन्छ । अर्थात्, त्यो मानिसले कुनै प्रकारको कष्ट पाउने, जीवजन्तुले कष्ट पाउने ठाउँ हुँदैन, हामीले भनेका छौं ।

 

अलाइन्सका पदाधिकारीसँगको भेटमा ओलीको बिचार भन्दै नेपालप्रेस अनलाइनले लेखेअनुसार ओलीले रानीपोखरी निर्माणको सबैजससमेत आफैले लिएका छन् । अनलाइनका अनुसार रानीपोखरीको सन्दर्भमा ओलीले भनेः


म अघिल्लो पटक प्रधानमन्त्री हुँदा रानीपोखरीको शिलान्यास गरेर छोडिएको थियो । अर्को पल्ट म फर्किएर आउँदा जस्ताको तस्तै थियो । त्यसपछि हामीले सुरु ग¥यौं । अहिले उद्घाटित भएको छ ।


यहाँहरुले रानीपोखरी देख्नुभएको छ, उही मल्लकालीन शैलीमा, ग्रन्थ शैलीमा हामीले पुनःनिर्माण गरेका छौं । अब रानीपोखरी कहिल्यै पनि नसुक्नेगरी हिजो प्राकृतिक प्रवाह, पानीको प्रवाहको कारणले सुक्दैनथ्यो भने पछि सुक्न थालेको थियो, । अब सुक्दैन । किनभने हामीले सेमी नेचुरल समप्राकृतिक प्रबन्ध गरेका छौं । जसबाट अब रानीपोखरी सुक्दैन ।

 

उनले धरहरा निर्माणका विषयमा पनि पदाधिकारीसँग रसिलो कुराकानी गरेका छन् । धरहराबारे उनको अभिव्यक्ति थियोः

 

अघिल्लो कार्यकालमा मै बनाउँछु मेरो धरहरा भन्ने हरेक नागरिकको आवाज मैले दिन चाहेँ । ३६ करोड जति तत्काल उठ्यो पनि । तर, मैले छोड्न प¥यो । त्यसपछि धरहरा निर्माण अगाडि जान सकेन, रोकियो । म फेरि आएपछि त्यसलाई ठेक्का लगाएर सबै काम गराएर फेरि धरहरा बन्ने काम सुरु भयो । अहिले हे¥यौं भने निमार्णको अन्तिम चरणतिर धरहरा पुगेको छ ।