close

ताप्लेजुङमा लाग्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको नारा

ताप्लेजुङमा लाग्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको नारा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शनमा उत्रिएको जनता समाजवादी पार्टीले ताप्लेजुङको फुङलिङमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गरेको छ ।


प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै जसपाले यहीँ बेला प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग उठाएको हो ।


प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने माग गरेको जसपाले संसदीय निर्वाचन पनि पूर्ण समानुपातिक गर्नुपर्ने आवाज उठाएको छ ।


विरोध कार्यक्रममा जनता समाजवादीका जिल्ला अध्यक्ष कीर्तिमान मादेनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताए ।


‘हामीहरूले पहिलेदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै आएका छौँ । अब प्रतिनिधिसभा विघटनसँगै यो राजनीतिक मुद्दाले पनि स्थान पाएको छ’, उनले भने ।