close

प्रतिनिधिसभा विघटनको विरोधमा तात्याे जनकपुर (भिडियाे खबर)

प्रतिनिधिसभा विघटनको विरोधमा तात्याे जनकपुर (भिडियाे खबर)

ADVERTISEMENT

धनुषा- प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटनका लागि चालेको कदमविरुद्ध जनकपुरधाममा जनता समाजवादी पार्टीद्वारा विरोध प्रदर्शन गरिएको छ । 


बुधवार पूर्वनिर्धारित कार्यक्रमअनुसार देशका अन्य भेगमा सँगै जनकपुरधाममा समेत प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा जसपाले र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो । 


जनकपुरधामको जनक चोकबाट सयौँ नेता, कार्यकर्ताहरूको सहभागितामा निस्किएको र्‍याली नगर परिक्रमा गर्दै पुनः जनक चोकमै पुगी कोणसभामा परिणत भई सम्पन्न भएको थियो । 


र्‍यालीमा जसपाका विभिन्न भातृ संघसंगठनका प्रतिनिधि, जिल्ला तथा प्रदेश स्तरका नेता र प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिहरू समेत सहभागिता थियो । 


र्‍यालीमा सहभागी नेता, कार्यकर्ताहरूले प्रधामन्त्री ओली र राष्ट्रपतिविरुद्ध नारा लगाएका थिए । 'प्रतिनिधिसभा विघटनको अलोकतान्त्रिक र गैरसंवैधानिक कदम खारेज गर', 'प्रम ओलीको निरकुंशताविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकजुट होऔँ' लगायतका नारा लगाएका थिए ।


कोणसभालाई सम्बोधन गर्दै नेताहरूले संसद विघटन गरेर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको गैरसंवैधानिक, अलोकतान्त्रिक कदम तथा निरकुंश प्रवृतिविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरूले प्रतिवाद गर्नुपर्ने बताए । 


उनीहरूले संविधानमै नभएको प्रतिनिधिसभा विघटन बलजफ्ती गराएर प्रम ओलीले जनयुद्ध, जनआन्दोलन र मधेस विद्रोहबाट प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा लागेकाले य विरुद्ध लोकतन्त्र न्यायप्रेमीहरू एकजुट भएर लाग्नुपर्ने आग्रह गरेका थिए । 


विरोध कार्यक्रममा  जनकपुरधाम उपमहागरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रीताकुमारी मिश्र, वडा-४ का अध्यक्ष सुदर्शन सिंह, वडा-७ का जानकीराम साह, वडा-९ का रामचन्द्र साहलगायतका राजपा जिल्ला, नगरका नेता, कार्यकर्ताहरू सहभागी थिए ।