close

नेपाली बजारमा टाटाको प्रिमियम ह्याचब्याक अल्ट्रोज

नेपाली बजारमा टाटाको प्रिमियम ह्याचब्याक अल्ट्रोज

Trulli
ADVERTISEMENT

काठमाडौं - नेपालका लागि टाटा मोटर्सको  आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोजको डिजिटल प्रविधिमार्फत नेपाली बजारमा सार्वजनिक गरेको छ ।


प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसै वर्षको सुरुमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोज ग्राहकको रोजाइमा पर्दै आएको छ ।


सिप्रदीले टाटा अल्ट्रोजको सुरुआती नेपाली बजार मूल्य २९ लाख ९९ हजार तोकेको छ । कम्पनीले शुक्रबारदेखि नेपालभरका सबै डिलरहरुमार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोज गाडीको बुकिङ खुला गरिएको जनाएको छ ।


अल्ट्रोजमा स्ट्राइकिङ डिजाइन, फाइभ स्टार सेफ्टी रेटिङ, ड्राइभिङ डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेका छन् ।


टाटा मोटर्स प्यासेन्जर भेहिकलका इन्टरनेसनल बिजनेस हेड सुजन रोयले भने,‘अटोमोबाइल उद्योगमा परिवर्तन हुने गरी नेपालमा नयाँ गाडी बिक्री सुरु गरेका हौं । प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार विस्तारमा सहयोग पुग्नेमा विश्वस्त छौं ।’


सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘नेपाली बजारमा प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोज गाडी सार्वजनिक भएपछि ग्राहकको रोजाइमा पर्ने विश्वास लिएका छौं । नयाँ मोडलका गाडीहरुले क्लास लिडिङ डिजाइन, सुरक्षित, प्रविधियुक्त र ड्राइभिङअनुभवलाई  पुनः परिभाषित गर्नेछ ।’


गाडीमा १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क दिन्छ । यसमा रहेको मल्टिड्राइभ मोडले स्पोर्टी ड्राइभिङअनुभव र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन गर्ने कम्पनीको दाबी छ । गाडीका सबै भेरियन्टमा यात्रु सुरक्षाका लागि एबिएस, इबिडी, सिएससी र डुअल एअरब्याग रहेका छन् ।