close

दिप्रुङका दलित र फरक क्षमता भएका छात्रछात्राले पाए शैक्षिक सामग्री

शैक्षिक सामग्री

दिप्रुङका दलित र फरक क्षमता भएका छात्रछात्राले पाए शैक्षिक सामग्री

शैक्षिक सामग्री

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दलित र फरक क्षमता भएका छात्रछात्रालाई झोला वितरण सुरु गरेको छ । पालिकासँग महिला कार्यक्रमअन्तर्गत दलित तथा फरक क्षमता भएका छात्रछात्रालाई पुस्तक बोक्ने झोला वितरण सुरु गरेको हो ।

 

७ वडामध्ये मंगलबार दिप्रुङ चुइचुम्माको वडा नम्बर २ डाँडागाउँस्थित महेन्द्रोदय मावि ओख्रेका ४१ दलित र ६ जना फरक क्षमता भएका छात्रछात्रालाई झोला वितरण गरिएको छ ।

 

कार्यक्रमअन्तर्गत सोही माविमा अध्ययनरत छात्रालाई एक थान भलिबल, नेट र पम्प वितरण गरिएको गाउँपालिकाले जनाएको छ । पुस्तक बोक्ने झोला तथा खेलकुद सामग्री गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राईलगायतले छात्रछात्रालाई हस्तान्तरण गरे । 

 

आर्थिक वर्ष २०७६/७७ मा पालिकासँग महिला कार्यक्रमका लागि विनियोजित ५० लाख बजेटबाट गाउँपालिकाले दलित र फरक क्षमता भएका विद्यार्थीलाई झोला तथा छात्रालाई खेल सामग्री वितरण सुरु गरेको हो ।


क्रमशः गाउँपालिकाभित्रका ४८ विद्यालयका कक्षा १ देखि ८ मा अध्ययनरत दलित र फरक क्षमता भएका विद्यार्थीलाई झोला तथा आधारभूत तह र मावि तहमा अध्ययनरत छात्रालाई खेल सामग्री वितरण गरिने गाउँपालिकाका प्रविधि अफिसर मीनचन्द्र राईले बताए ।


कोभिड-१९ का कारण गत वर्षको कार्यक्रम यस वर्ष सरेको गाउँपालिकाले जनाएको छ ।