close

नेपाल बैंकको अगुवाइमा लाप्चेखोला जलविद्युत् आयोजनामा लगानी 

नेपाल बैंकको अगुवाइमा लाप्चेखोला जलविद्युत् आयोजनामा लगानी 

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको देशकै ठूलो १ सय ६० मेगावाटको लाप्चेखोला जलविद्युत् आयोजनामा आवश्यक वित्तीय स्रोत जुटेको छ । 

 

व्यापारिक घराना एमभी दुगड ग्रुपको मुख्य लगानी रहेको नासा हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको यो आयोजना दोलखाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुनेछ ।

 

२६ अर्ब २० करोड रुपैयाँ लागतको आयोजनामा नेपाल बैंकको अगुवाइ रहेका विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाहरूको सहभागितामा बनेको सहवित्तीयकरणद्वारा १९ अर्ब ६५ करोडभन्दा बढी लगानी गर्नेसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको छ ।

 

सम्झौतापत्र ऋणीका तर्फबाट नासा हाइड्रोपावर प्रालिका अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरूका तर्फबाट नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले एकआपसमा आदानप्रदान गरे ।

 

आयोजनामा नेपाल बैंकद्वारा ५ अर्ब, नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा ३ अर्ब ५० करोड, कर्मचारी सञ्चय कोषद्वारा २ अर्ब, राष्ट्रिय वाणिज्य बैंकद्वारा २ अर्ब, हिमालयन बैंकद्वारा २ अर्ब, लक्ष्मी बैंकद्वारा १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबीआई बैंकद्वारा १ अर्ब, बैंक अफ काठमाण्डूद्वारा १ अर्ब तथा कृषि विकास बैंकद्वारा १ अर्ब गरी १९ अर्ब ६५ करोड २५ लाख रुपैयाँको वित्तीय प्रबन्ध गरिएको हो ।