close

विकासका बाधकमाथि धमाधम कारवाही, जनता आवासको काम नसक्नेको धरौटी जफत

विकासका बाधकमाथि धमाधम कारवाही, जनता आवासको काम नसक्नेको धरौटी जफत

Trulli
ADVERTISEMENT

झापा- झापाको हल्दीबारी गाउँपालिकाले सम्झौताका बखत वाचाकबुल गरेको समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने भएको छ ।


गाउँपालिकाले तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत जनता आवास भवन तथा मोतिनी माविको ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्दै धरौटी जफत गर्ने प्रक्रिया अगाडि बढाएको हो ।


हल्दीबारीले समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएसँगै ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदारको सातापुत्लो उडेको छ ।

 

गाउँकार्यपालिका बैठकले यस्तो निर्णय गरेको उपाध्यक्ष डम्बरबहादुर गिरीले बताए । ‘सम्बधित कामको ठेक्का प्राप्त गर्ने निर्माण व्यवसायी कम्पनी जय इधरी निर्माण सेवालाई कालोसूचीमा राख्दै धरौटी रकम जफत गर्ने निर्णय गरेका हौँ’, गिरीले भने । अब थप दुई कम्पनीलाई कारबाहीको प्रक्रियामा ल्याउने तयारी भइरहेको उनले सुनाए ।

 

गाउँपालिकाले पटकपटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएका तथा सम्झौताबमोजिम काम नगरी अधुरो छाडेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपधारा ७ बमोजिम सम्झौता अन्त्य गर्ने निर्णय भएको छ । यस्तै, ठेकेदारको धरौटी रकमसमेत जफत गर्न सिफारिस गर्ने निर्णय भएको छ ।