close

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, ३ मन्त्रीले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, ३ मन्त्रीले दिए राजीनामा

Trulli
ADVERTISEMENT

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । बिहान साढे ११ बजे पौडेलविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहका ४५ नेताले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गराएका बताइएको छ ।

 

यसैबीच बागमती प्रदेश सरकारका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।