close

प्रधानमन्त्री ओलीलाई झापामा ढुक्क

प्रधानमन्त्री ओलीलाई झापामा ढुक्क

Trulli
ADVERTISEMENT

झापा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादले माथिदेखि तलसम्मै विभाजनको रेखा कोरिरहेका बेला झापाको राजनीतिमा भने प्रधानमन्त्री केपी ओली नेकपाको वर्चस्व देखिएको छ । प्रधानमन्त्रीको गृहजिल्ला भएको हैसियतले पनि झापामा ओली समूहको पल्ला भारी देखिएको हो ।

 

पार्टी विभाजनको स्थितिमा पुगेपछि झापा नेकपामा पनि नेता-कार्यकर्ताको जोडघटाउ सुरु भएको छ । बहुमतकै हिसाबलाई हेर्ने हो भने झापाका जनप्रतिनिधि कसको पक्षमा कति भन्ने विषय अहिले तातेको छ । 

 

एक सय ७७ सदस्यीय जिल्ला कमिटीमा पूर्वएमालेबाट एक सय ६ जना र पूर्वमाओवादीबाट ७१ जना सदस्य छन् । पूर्वमाओवादीबाट प्रतिनिधित्व गर्ने जिल्ला सदस्य पनि ओलीको नेतृत्वमा जान सक्ने र पूर्वएमालेका जिल्ला सदस्य पनि प्रचण्ड-माधव प्यानलमा जान सक्ने देखिएको छ ।

 

ओलीको गृहजिल्ला भएकै कारण झापामा उनको स्पष्ट बहुमत देखिन्छ । सूर्य चिह्न कसले पाउँछ, त्यसमा भर पर्ने जिल्ला कमिटी सदस्य डम्बर गिरीले बताए । उनले भने, ‘अदालतको फैसलापछि मात्रै प्यानल रोज्ने धेरै सदस्यहरू छन् । ओली प्यानललाई अदालतले वैधानिक ठहर्‍याए अर्को पक्षका केन्द्रीय सदस्यसमेत उनकै हुन्छन् ।’

 

कार्यालय कमिटीमा बराबरी अवस्था देखिए पनि सचिवालयमा ओली पक्षको बहुमत रहेको सचिवालयकै एक सदस्यले दाबी गरे ।

 

झापामा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूमा ओली पक्षको बहुमत स्पष्ट देखिएको छ । जिल्लामा १५ पालिकाका ३० प्रमुख र उपप्रमुखमा १५ जना ओली पक्षधर छन् । कांग्रेसका सात, राप्रपाका चार र प्रचण्ड-नेपाल समूहका तीन जना छन् ।

 

झापामा ओली पक्षका प्रमुख/उपप्रमुखमा मीना पोखरेल उप्रेती, ध्रुव शिवाकोटी, मीरा भूर्तेल, कमला आचार्य, राजेन्द्र पोखरेल, मञ्जु प्रसार्इं, चन्द्र शेर्मा, मेनुका काफ्ले, बेनु शिवाकोटी, रोमनाथ ओली, गीता अधिकारी, गीता भेटवाल, कुन्ति बुढाथोकी, जीवन श्रेष्ठ र डम्बर गिरी रहेका छन् ।

 

यस्तै, प्रचण्ड-नेपाल समूहबाट प्रमुख र उपप्रमुखमा हरि राना, चन्द्रा श्रेष्ठ र भोजकुमारी नेपाल रहेका छन् । बिर्तामोडकी उपप्रमुख पवित्रा महतरा तटस्थ छन् । पूर्वमाओवादीले झापामा प्रमुख र उपप्रमुखमा एक सिट पनि जितेको छैन । जितेका तीनै जना माधव नेपाल पक्षधर हुन् ।