close

प्रचण्ड–नेपाल समूहका नेतालाई मन्त्रीको अफर, कोही बालुवाटार जाँदै कोही दोधारमा

प्रचण्ड–नेपाल समूहका नेतालाई मन्त्रीको अफर, कोही बालुवाटार जाँदै कोही दोधारमा

Trulli
ADVERTISEMENT

 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्री र राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद पुर्नगठन गर्दैछन् ।


बलुवाटारमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल लगायतको टोली मन्त्री छान्ने कसरतमा जुटेका छन् । मन्त्रीको टुंगो नलागेका कारण आज साँझ ६ बजे बस्ने मनित्रपरिषद बैठक बेलुकी ८ बजेका लागि सारिएको छ ।


आजै मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारी भइरहेका वेला प्रचण्ड र माधव नेपाल समूहको नेकपाको बैठकमा सहभागी भएका प्रभु साहलगायतका नेताहरु मन्त्री बन्ने लगभग पक्का भएको छ ।

 

ओली समूहले यो पक्षमा रहेका नेतालाई आफुतिर तानेर मन्त्री बनाउने तयारी थालेपछि पुर्नगठन केही लम्बिएको बालुवाटार श्रोतको दावी छ ।

 

२५ सदस्यीय मन्त्रिपरिषदका ७ जना मन्त्रीले राजीनामा दिएपछि ती स्थानमा नयाँ अनुहार थपिदैछन् भने केही राज्यमन्त्रीपनि थपिने बताइएको छ ।


पार्टीको प्रचण्ड–नेपाल खेमाको बैठकमा सहभागी हुँदै आएका नेता प्रभु साह तत्कालीन माआवबादी केन्द्र पक्षमा रहेका र हाल ओली खेमालाई सहयोग गरिरहेका टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी र दावा लामा पनि मन्त्री बनाइदै छन् ।


तर कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागिनसकेको प्रधानमन्त्रीको सल्लाहकार समूहका एक सदस्यले पालिकाखबरलाई बताए ।


पार्टीभित्रको आन्तरिक किचलोपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल पक्षधर मन्त्रीले राजीनामा दिएर ओलीलाई कारवाही गरेपछि नयाँ मन्त्री गप गर्ने कसरत भइरहेको छ ।


प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–नेपाल पक्षका मन्त्रीहरु घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका थिए ।