close

सहकारीले दिन थाले आधारभूत स्वास्थ्य सेवा

सहकारीले दिन थाले आधारभूत स्वास्थ्य सेवा

Trulli
ADVERTISEMENT

जुम्ला– चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाले स्वास्थ्य सेवा दिन थालेको छ । सहकारीले बहुउद्देश्यअन्तर्गत स्वास्थ्य सेवा पनि दिन थालेको हो ।


यहाँको ग्रामीण भेग पातारासी गाउँपालिका– ५ लासी बजारमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी स्वास्थ्य सेवा सुचारु गरेको सहकारी संस्थाका व्यवस्थापक ऋषिराम पाण्डेले बताए । उनले भने, ‘सहकारी ऐन, नियमअनुसार बहुउद्देश्यीय संस्थाले उद्देश्यअनुसार काम गर्नुपर्ने भएकाले स्वास्थ्य सेवा पनि संचालन गरिएको हो ।’

 
पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले गाउँपालिकावासीलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन सजिलो हुने बताए । उनले भने, ‘स्वास्थ्य सेवा केन्द्रको स्थापना गरी सहज रूपमा न्यूनतम स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकाले पनि समन्वय गरेको हो ।’


सहकारीले पातारासी गाउँपालिकाका स्थानीयको कार्य, सेवा र सुविधाप्रति चुस्त दुरुस्त तवरले घरदैलोमा पुगेर सेवा दिन उनले आग्रह गरे । यस्तो सहकारी संस्थाका लागि गाउँपालिकाले सधैँ सहकार्य र समन्वय गरेर जाने उनले प्रतिवद्धता पनि जनाए ।


स्वास्थ्य सेवा केन्द्र स्थापनाको पहिलो दिन शिविर संचालनमा २२० जनालाई निःशुल्क जाँच गरिएको छ । संस्थाले कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर खुस्बु मिश्रसहित छ जनाको चिकित्सक टोली लिएर शिविर संचालन गरेको हो । यसका साथै गाउँमा मास्क, स्यानिटाइजर निःशुल्क वितरण गरिएको छ ।’


यस्तै, सहकारीले गाउँपालिकामा सुपथ मुल्य पसल पनि संचालन गरेको छ । यसले यहाँ उत्पादन हुने अग्र्यानिक वस्तुहरूको बजारीकरणमा प्रत्यक्ष फाइदा पुगेको गाउँपालिका अध्यक्ष बोहोराले बताए ।